Friday, May 18, 2012

सभासद्सहित राप्रपाका ७६ पक्राउ, १२ सवारी साधन तोडफोड

अस्पतालको गाडीमा पनि क्षति-
काठमाडौँ, जेठ ५ (नागरिक)- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आह्वान गरेको नेपाल बन्दका क्रममा जबर्जस्ती बन्द गराउने तथा तोडफोड गर्ने काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट १ महिलासहित ७६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा सभासद् चन्द्रबहादुर गुरुङसमेत छन्।
काठमाडौं पुरानो बसपार्कमा वा.१ ज ४७०१ नम्बरको ट्याक्सी, सामाखुशीमा बा.१ ज ८३४९ नम्बरको माइक्रोबस, सामाखुशीमा कान्ती बाल अस्पतालको बा.१ झ २२१७ नम्बरको गाडी, बिजुलीबजार नजिक बा.१ ह ३८७९ नम्बरको टेम्पो, टुडालदेवीमा बा.१ ज १०८६ नम्बरको ट्याक्सी, र चप्पल कारखानामा बा.१ ज ८४२२ नम्बरको माइक्रोबसको शिशा बन्दकर्ताले तोडफोड गरेका छन्।
ललितपुरको प्रतिमाचोकमा बा.१ ज ७६२८ नम्बरको माइक्रोबसको शिसा पूर्णरूपमा तोडफोड गरेका छन्।तोडफोडको क्रममा गाडीका यात्रु ४५ वर्षीय धनीराम थापाको टाउकोमा चोट लागेकाले स्टार अस्पतालमा उपचार भइरहेको छ। सातदोबाटोमा बा.२ ख ५१७ नम्बरको बसको शिशा तोडफोड भएको छ।
बन्दकर्ताले मकवानपुरको हेटौंडा नगरपालिका–९ स्थित वन कार्यालय नजिक आज ०५:५५ बजे ना.१ त ६९७७, ना.१ त ६४४९ नम्बरका ट्याक्टर, ना.३ ख ९३८ नम्वरको ट्रक र ना.४ ख ९१३ नम्वरको टिपरको सिसा तोडफोड गरी क्षति पुर्‍याएका प्रहरीले जनाएको छ।

No comments:

Post a Comment