Thursday, May 10, 2012

गाडीमा ठोक्किएर साउदीमा एक नेपालीको मृत्यु

गाडीको ठक्करबाट साउदी अरबमा खोटाङका एक जनाको मृत्यु भएको छ। आफू कार्यरत् अलहेड कम्पनीको गाडीको ठक्करबाट खार्मी–९ का रामनाथ राईको बुधबार मृत्यु भएको हो। राईलाई ठक्कर दिने भारतीय चालक पक्राउ परेका छन्। राई यस वर्ष घर आउने तयारी गर्दै थिए।
साउदीस्थित दम्माम शहरको सडकको छेउमा विद्युतकोपोल गाड्ने क्रममा गाडीले ठक्कर दिँदा राईको घट्नास्थलमै मृत्यु भएको सोही कम्पनीमा कार्यरत् अमरबहादुर राईले टेलिफोनमार्फत् जानकारी दिए।
रोजगारीका सिलसिलामा राई ९ वर्षअघि साउदी अरब गएका थिए। यसबीचमा जम्मा एक पटक ६ वर्षअघिमात्र बिदा लिएर घर आएका थिए।

No comments:

Post a Comment