Thursday, May 10, 2012

"कुनै पनि जहाज हराएको छैन"

जनकपुरबाट उडेको विमान सिन्धुलीमा दुर्घटना भएको खबर केही सञ्चारमाध्यमले दिए पनि त्रिभुवन विमानस्थलको टावरले त्यसलाई अफवाह मात्रै भएको बताएको छ।
जनकपुरबाट काठमाडौँ आउने यति र बुद्ध एयरका दुवै विमान काठमाडौँ विमानस्थलमा अवतरण भइसकेको त्रिभुवन विमानस्थलका एयर ट्राफिक सर्भिस म्यानेजर विमलेशलाल कर्णले नागरिकन्युजलाई बताए। जनकपुरबाट यति र बुद्धको विमानमात्र काठमाडौँ आउने गर्छ।
'जनकपुरबाट उड्ने बुद्ध एयरको अन्तिम विमान काठमाडौँमा अवतरण भइसकेको छ', बुद्ध एयरका सिनियर मार्केटिङ म्यानेजर परासरजंग पान्डेले बताए।
प्रतिक्रियाहरू

No comments:

Post a Comment