Wednesday, May 16, 2012

» नवलपरासीमा फेरि गोली चल्यो

काठमाडौ, जेष्ठ ३ - महेन्द्रराजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्डको बासामा आन्दोलनकारीले प्रहरी स्किर्टिङमा रहेको एउटा बस जलाएपछि प्रहरीले गोली चलाएको छ । थारु संघर्ष समितिले विगत तीन दिनदेखि थारुवानको माग गरेर बन्द आयोजना गर्दै आएको छ ।
प्रहरीले बर्दघाटवाट स्कर्टिङ गरेर बुटवलतर्फ लैजाँदै गरेको ना४ख ५१९५ नम्बरको बस जलाएपछि तीन राउण्ड गोली र दर्जनौ अश्रुग्यास प्रहार गरेर भिड तितर बितर पारेको छ ।
गोली टाढैवाट हानेकाले कसैलाई नलागेको प्रहरीकोभनाई छ । आन्दोलनकारी भाग्ने र मौका छोप्दै फेरी राजमार्गमा अबरोध पुर्याउन आउन क्रमले गर्दा तनाव जारी छ । आन्दोलनकारीहरुमा थारु समुदायको बाहुल्यता छ ।
थारु संयुक्तसंघर्ष समितिले बिगत ४ दिनदेखि बन्द गरिएका कारण नवलपरासीको जनजिवन अस्तब्यस्तछ । राजमार्गमा एम्बुलेन्स समेत अबरोध पुर्याउदै आएका छन् ।
केही दिन अघि पनि बन्दकै क्रममा नवरपरासीमा प्रहरीले चलाएको गोली लागि पाँच जना थारु युवा घाइते भएका थिए ।
अलपत्र यात्रुले एम्बुलेन्स रोके
नवलपरासी जेठ ३ गते - नवलपरासीको बर्दघाटमा यातायात नचलेका कारण चारदिनदेखि राजमार्गमा अलपत्र परेका यात्रुले शव र बिरामी बोकेको एम्बुलेन्स र प्रेसका गाडीलाई नियन्त्रणमा लिएरचल्न दिएका छैनन् । बन्दकर्ता र बिचल्लीमा परेकायात्रुबीच झडप समेत भएको छ । टाउकोमा गम्भीर चोट लागेका बिरामी र सुत्केरी बोकेको एम्बुलेन्स समेत रोकेका उनीहरुले यातायात खुलेर आफूहरु हिडन नपाएसम्म ति बिराम बोकेको गाडी नछोडने भन्दै नियन्त्रणमा लिएका छन् । गम्भिर अबस्थाका बिरामी एम्बुलेन्समा छटपटाइ रहेका छन् ।
ति गाडीलाई उनीहरुले बुधबार बिहान साढे ५ बजेदेखि रोकेका छन् ।
राजमार्गमा प्रहरीको बाक्लो उपस्थिति देखाएको प्रहरी रमिता हेरेर बस्ोको छ । साउदी अरबमा मृत्यु भएका गणेश बहादुर रानाको लाश लिएर काठमाण्डौवाट सल्यान स्थित छायासत्र गाविस ८ घरमा पुर्‍याउन भनेर हिडेको लु १ च ३१७५ नम्बरको शब बहान पनि राजमार्गमै रोकिएको छ
पीडित अलपत्र यात्रुले आफ्नो समस्या ध्यनाकर्षणगराउन एम्बुलेन्स रोक्नुपरेको बताएका छन् ।'४ दिनदेखि दुईवटा बच्चासंग आफु आएको गाडिमै अलपत्र छु' दाङ्ग तुल्सीपुरका प्रदीप केसीले टेलिफोनमा भने हाम्रो समबेदना कस्ले बुझ्छ ?
कान्तिपुर पब्लिकेसन्स भरतपुर क्षत्रिय कार्यालयबाट भैरहवाकालागि पत्रिका लिएर हिडेको ना १ च ९२३४ नम्बरको गाडि पनि बिहान ५ बजेदेखि अलपत्र परेको छ ।
बसमै बच्चाको जन्म, लगत्तै मृत्यु
बर्दघाट चौकीका सई यदु रिमालले टेलिफोनमा दिएको जानकारी अनुसार बसमा अस्पताल हिडेको एक सुत्केरीले बसमै बच्चा जन्माएकी छन् । अस्पतालमा पुर्‍याउन नपाएका कारण बच्चाको एक घण्टापछि मृत्यु भएको छ । बसमै रहेकी सुत्केरीको अबस्था नाजुक छ ।
प्रकाशित मिति: २०६९ जेष्ठ ३ १२:०३

No comments:

Post a Comment