Sunday, April 29, 2012

मेट्रो रेल बनाउन जापानसित सहयोग माग, खाद्य उत्पादनका लागि २५ करोड दिने

काठमाडौँ, वैशाख १७- नेपाल-जापानबीच परराष्ट्र मन्त्रीस्तरीय वार्ता परराष्ट्र मन्त्रालय आज बिहान सिंहदरबारमा बस्यो। बैठकमा नेपाल पक्षको नेतृत्व उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र जापानको नेतृत्व त्यहाँकाविदेशमन्त्री कोइचिरो गेम्बाले गरेका थिए।
साथै, बैठकमा अर्थ र परराष्ट्र मन्त्रालयका सचिव, जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराई तथा ११ सदस्यीय जापानी प्रधितिनिधिमण्डल संलग्नछ।
बैठकका क्रममा जापान सरकारले नेपालको खाद्य उत्पादन वृद्धिका लागि सघाउने उद्देश्यले उपलब्ध गराउन लागेको रु. २५ करोड ९० लाख अनुदान सहायता सम्बन्धमा हस्ताक्षर भएको छ।
दुवै परराष्ट्रमन्त्रीको उपस्थितिमा सो सहयोगसम्बन्धी सम्झौतामा नेपालका लागि जापानी राजदूत कुनियो ताकाहासी र अर्थसचिव कृष्णहरि बास्कोटाले हस्ताक्षर गर्नुभयो। सो अवसरमा निर्वाचन आयोगलाई मतदाता परिचयपत्र व्यवस्थापनका निम्ति जापानले विभिन्न सामग्री प्रदान गर्ने घोषणा पनि गरिएको छ।
यसअघि जापानी प्रमण्डलसँगको अनौपचारिक बैठकमा नेपाली पक्षले २०० मेगावटको माथिल्लो सेती जलविद्युत् परियोजना निर्माण, काठमाडौँ उपत्यकामा मेट्रो रेलसेवा सञ्चालन तथा मध्यपहाडी राजमार्ग निर्माणका निम्ति जापान सरकारसँग अनुरोध गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल निरञ्जनमानसिंह बस्न्यातले बताए।
जापानका विदेशमन्त्री गेम्बा नेपालको दुई दिने भ्रमणका क्रममा हाल नेपालमा छन्। उनी हिजो साँझ नेपाल आइपुगेका हुन्। रासस

No comments:

Post a Comment