Sunday, April 29, 2012

जिल्ला घुम्दै मन्त्रीहरुले एक करोड बढी खर्च गरे

सबभन्दा बढी खर्च रायमाझीबाट-
काठमाडौँ, वैशाख १७- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु आर्थिक वर्ष २०६८-०६९ को फागुन मसान्तसम्मका आठ महिनामा मन्त्रीहरुको जिल्ला भ्रमणमा एक करोड ३२ लाख रुपैयाँ खर्च भएको जनाएको छ।
सो कार्यालयद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा सबैभन्दा बढी जिल्ला भ्रमणखर्च स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले गर्नुभएको देखाइएको छ। उहाँले २०६८ फागुन ४ गतेसम्ममा रु ६ लाख दुई हजार ५८० बुझेका छन्।
मन्त्रिपरिषद्का सदस्यहरुले जिल्ला भ्रमणमा जाँदा दैनिक भ्रमण भत्ता, होटल बास खर्च र भ्रमणखर्च लिने गरेको कार्यालयले जनाएको छ। वर्तमान मन्त्रिपरिषद्का ४६ मन्त्रीले यस्तो भ्रमणभत्ता लिएका छन्।
कसले कति लिए ?
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले रु. ३ लाख २८ हजार,
पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ताले रु.१ लाख,
मन्त्री हृदयेश त्रिपाठीले रु. ९० हजार,
मन्त्री पोष्टबहादुर बोगटीले रु. ७७ हजार,
मन्त्री राजेन्द्र महतोले रु. ३ लाख ८८ हजार
मन्त्री वर्षमान पुनले रु. १ लाख ७७ हजार
मन्त्री दीनानाथ शर्माले रु. ३ लाख ३६ हजार,
महेन्द्रप्रसाद यादवले रु.१ लाख ५५ हजार,
लोकेन्द्र विष्टमगरले रु.२ लाख ४२ हजार,
गोपाल किरातीले रु. ४ लाख ६१ हजार,
भीमप्रसाद गौतमले रु.१ लाख १६ हजार,
रामकुमार यादवले रु.१ लाख
अनिलकुमार झाले रु. ५ लाख ६४ हजार
मन्त्री वृजेशकुमार गुप्ताले रु.४ लाख ५० हजार,
हेमराज तातेडले रु.४७ हजार,
कमला रोक्काले रु. १ लाख ५० हजार,
राजलाल यादवले रु.३ लाख १७ हजार,
मुहम्मद वकील मुसलमानले रु. ६७ हजार,
दानबहादुर चौधरीले रु.३ लाख ८७ हजार,
कल्पना धमलाले रु. १ लाख ५५ हजार
सत्य पहाडीले रु. ३ लाख ८८ हजार
पूर्वमन्त्री नन्दनकुमार दत्तले रु.५ लाख
सरिता गिरीले रु. ६३ हजार
राज्यमन्त्रीहरु कसले कति लिए ?
राज्यमन्त्री खोभारी रायले रु. २ लाख ५९ हजार,
राम बचन यादवले रु.१ लाख ७५ हजार,
सरोज कुमार यादवले रु.७९ हजार,
दिलीप महर्जनले रु. २ लाख ८३ हजार
विष्णुप्रसाद चौधरीले रु. १ लाख १५ हजार
सूर्यमान दोङले रु. ३२ हजार,
लीला भण्डारीले रु. ३ लाख १९ हजार,
गोपी अछामीले रु. ४ लाख,
घनश्याम यादवले रु. ४ लाख १८ हजार,
ज्वालाकुमारी साहले रु. ८७ हजार,
सुष्मा शर्माले रु. ४४ हजार,
हरिराज खेवाले रु. ४ लाख ४५ हजार,
सुनिताकुमारी महतोले रु. ८४ हजार
भीमराज चौधरी राजवंशीले रु.२ लाख ५२ हजार
लक्ष्मण महतोले रु. ९७ हजार,
दुर्गादेवी महतोले रु. ८४ हजार,
काशीदेवी झाले रु. ६६ हजार,
ईश्वरदयाल मिश्रले रु. ४ लाख ७१ हजार,
अरविन्द साहले रु. ३ लाख ४७ हजार,
रमणी रामले रु. २७ हजार,
सुरिताकुमारी साहले रु. २ लाख ३० हजार
ओमप्रकाश यादवले रु. १ लाख ४६ हजार
चालु आर्थिक वर्षमै कायम रहेको तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको मन्त्रिपरिषद्का सदस्यले रु. २४ लाख ७९ हजार भ्रमणखर्च लिएको पनि मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। रासस

No comments:

Post a Comment