Sunday, April 29, 2012

यौनकाण्डले सिंगापुरमा हलचल

सिंगापुरका व्यापारी, कर्मचारी तथा सुरक्षा निकायका अधिकारीहरूमाथि उमेर नपुगेकी एक बालिकासाग यौनसम्पर्क गरेको आरोप लागेपछि राजनीतिक तथा आर्थिक घरानामा हलचल मच्चिएको छ ।
सिंगापुरमा वेश्यावृत्ति कानुनी मानिन्छ । तर २० देखि ५० वर्षसम्मका करिब ४८ व्यक्तिमाथि सन् २००८ मा लागू भएको १८ वर्षभन्दा कम उमेरका बालिकासाग यौनसम्पर्क गर्नु अपराध हुने कानुन अनुसार आरोप लगाइए पनि हलचल मच्चिएको हो । सिंगापुरलाई परम्परागत मुलुकको रूपमा लिइए पनि यहाँ बेलायती साम्राज्यको समयमा प्रमुख बन्दरगाह हुँदादेखि नै यौन उद्योग नाफामूलक व्यवसाय बन्दै आएको छ ।
सिंगापुरले यौन उद्योगलाई बन्द गर्नुभन्दा यसलाई कडा नियम बनाई नियमित गर्ने प्रयास गरेको छ। अघिल्लो दिन प्राथमिक विद्यालयको एक प्रधानाध्यापकले आफूले उमेर नपुगेका बालिकालाई यौन व्यवसायमा लगाएको स्विकारेपछि उनलाई नौ साताको कारावास सजाय तोकियो ।
यसरी सजाय पाउने व्यक्तिमा सिंगापुरमा युबीएस बैंकमा काम गर्ने स्विस नागरिक पनि परेका छन् । यस्तै अपराधमा सिनेमा तथा सम्पत्ति सम्बन्धी व्यवसाय 'श अर्गनाइजेसन' का मालिक रुन्मे शका नाति होवार्ड श पनि परेका छन् ।
सिंगापुरको अदालतले १७ वर्षीया यी बालिकाको नाम भने दिएको छैन । प्रतिरक्षाका कानुन व्यवसायीहरूले यी बालिकालाई वेश्याको संज्ञा दिएका छन् । युएन ओमनका लागि सिंगापुरको समितिले १८ वर्षभन्दा कम उमेरका बालिकालाई पैसा दिई यौनसम्पर्क गर्ने व्यक्तिमाथि कारबाही भएको यो पहिलो पटक भएको उल्लेख गरेको छ ।
सिंगापुरमा वेश्यालय गेल्याङमा खुला रूपमा सञ्चालन हुन्छ भने आफूलाई वेश्या भनाउने व्यक्तिले नियमित रूपमा स्वास्थ्य परीक्षण गराउनुपर्छ ।
प्रकाशित मिति: २०६९ वैशाख १७ ०९:४८

No comments:

Post a Comment