Sunday, April 29, 2012

आगलागीले २०० घर जले, ४ करोडको क्षति, १५० घर परिवार बिचल्ली

सिरहाको दक्षिणी बरियारपट्टी गाविस–८ शिवनगर गाउँमा सनिबार दिउँसो भिषण आगलागी हुँदा १५० परिवारको २०० भन्दा बढी घर तथा गोठहरू जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
आगलागीबाट करिब रु चार करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगोमा जलेर तीन बालबालिका र एक महिला गरी चारजना घाइते भएको इलाका प्रहरी कार्यालय बरियारपट्टीले जनाएको छ ।
घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य चौकी र गोलबजारस्थित नर्सिङहोममा भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीमा परेर दर्जनौँ चौपायाहरूसमेत जलेर मरेका छन् । आगलागी भएका घरहरूको आधा दर्जन जति बालबालिका बाबु आमाको सम्पर्क बाहिर भएकाले उनीहरूको खोजी भइरहेको छ । गाउँमा अहिले रुवावासी चलेको छ ।
आगलागी भएको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल बेसक्याम्प बरियारपट्टी र इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएका प्रहरीहरूले आगलागीमा परेका मानिसहरूलाई उद्धार गरेका थिए ।
तीब्र हावा चलेको कारण आगोको लप्का परपरसम्म पुग्ने हुनाले लहानबाट गएका अग्नि नियन्त्रकहरूछेउमा जान सकेका थिएनन् ।
लहान नगरपालिकाको वारुणयन्त्र आगलागी सुरु भएकोडेढ घण्टापछि घटनास्थलमा पुगको थियो ।
एउटा मात्र वारुणयन्त्रले आगलागी नियन्त्रणमा नआएपछि राजविराजबाट अर्को थप दमकल मगाइएको र उक्त दमकल ३ बजे घटनास्थलमा पुगेको थियो ।
आगो नियन्त्रण बाहिर भएकाले घरहरूबाट मालसामान झिकेर बचाउने कार्यमा स्थानीय जनतालाई प्रहरीलेसहयोग पु¥याएको थियो ।
दिउँसो १ बजे बस्तीमा सल्केको आगो साँझ ५ बजेमात्र नियन्त्रणमा आएको थियो ।

No comments:

Post a Comment