Wednesday, August 15, 2012

सातौं डिभिजनको गाडी पूर्व लडाकूको नियन्त्रणमा

३१ साउन, धनगढी । रासनपानीको समस्या भएको भन्दै शिविरबाट बाहिर निस्किएका समायोजन रोजेका माओवादी पूर्व लडाकूहरुले कैलालीको तालबन्दस्थित सातौं डिभिजन कार्यालयको एक गाडी नियन्त्रणमा लिएका छन् ।
शिविरमा बन्दी जीवन बिताउनुपरेको र रासनपानीको समस्या हुँदा पनि सुनुवाइ नभएको भन्दै दबाबस्वरुप गाडी नियन्त्रणमा लिनु परेको प्लाटुन कमाण्डर काशी धामीले बताउनुभयो । पूर्व लडाकुहरुले भागेका समस्या समाधानका विषयमा वार्ता सुरु भएको पनि उहाँले बताउनुभयो ।
सातौं डिभिजन कार्यालयबाट समायोजन रोजेका लडाकुमध्ये अधिकांश लडाकुहरु रासन पानीको समस्या परेका भन्दै केही दिन खघि शिविरबाट बाहिरिएका थिए । सातौं डिभिजनबाट ३१४ लडाकुले समायोजन रोजेका छन् । रासस

No comments:

Post a Comment