Monday, September 30, 2013

राजदूतबाट बर्खास्त गर्ने निर्णयविरुद्ध मायाकुमारी सर्वोच्चमा

१४ असोज, काठमाडौं । आफूहरुलाई कतारका लागि नेपालको राजदूत पदबाट
बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध मायाकुमारी शर्माले सर्वोच्च
अदालतमा रिट दायर गर्नुभएको छ ।
कतारमै रहनुभएकी मायाकुमारीको वारेस बनेर सोमबार भक्तबहादुर कुँवरले रिट
दायर गर्नुभएको छ । रिटमा मायाकुमारीले आफूलाई कुनै आधार विना गैरकानूनी
ढंगले आफूलाई सरकारले हटाएको भन्दै निर्णय खारेजको मागगर्नु भएको छ ।
'मलाई नियुक्त गर्ने निकाय राष्ट्रपतिको कार्यालय हो । मैले प्राप्त
गरेको नियुक्ति समेत राष्ट्रपति कार्यालयबाटै हो' रिटमा भनिएको
छ-'कानूनअनुसार पदमुक्त राष्ट्रपति कार्यालयबाट गर्नुपर्नेमा कुनै आधार र
कारणविना परराष्ट्र मन्त्रालयमार्फत सुनुवाइको मौकासमेत नदिएकाले मलाई
बखास्त गर्ने मन्त्रिपरिषद्को निर्णय र परराष्ट्रको पत्रसमेत बदर गरी
पाउँ ।'
रिटमा मायाकुमारीले हाल आफूलाई कतारका लागि नेपाली राजदूतको हैसियतमा काम
गर्न दिन अन्तरिम आदेशको समेत माग गर्नुभएको छ । यसअघि आइतबार सर्वोच्चले
शर्माको रिट प्रक्रिया नपुगेको भन्दै फिर्ता गरिदिएको थियो ।
एमाओवादीको कोटामा राजदूतमा नियुक्त शर्माले 'कतार नेपालीका लागि खुला
जेल' भएको अभिव्यक्ति दिएपछि विवादमा आउनुभएको थियो । कतार सरकारले नै
मायाकुमारीलाई फिर्ता बोलाउन सरकारले पटक-पटक दबाव दिएपछि
मन्त्रिपरिषद्ले हालै मात्र शर्मालाई बर्खास्त गर्दै फिर्ता बोलाएको थियो

No comments:

Post a Comment