Tuesday, July 9, 2013

भारतद्वारा नेपाललाई ७ सय६४ वटा गाडी उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर

रेग्मी र खुर्शिदवीच सिंहदरबारमा भेटवार्ता
२५ असार, काठमाडौं । मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी र भारतीय
विदेशमन्त्री सलमान खुर्शिदवीच सिंहदरबारमा भेटवार्ता सम्पन्न भएको छ ।
भेटका अवसरमा भारत सरकारले नेपाललाई निर्वाचनको सहयोगार्थ ७ सय ६४ वटा
सवारी साधन सहयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा समेत हस्ताक्षर भएको छ ।
'नेपालको सुरक्षा निकायलाई ७ सय १६ वटा र निर्वाचन आयोगलाई ४८ वटा सवारी
साधन भारतले उपलब्ध गाउने सम्झौतामा हस्ताक्षर भएको छ ।' मन्त्रिपरिषद
अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले अनलाइनखबरसँग भन्नुभयो ।
सवारी साधन सहयोगसम्बन्धी सम्झौतापत्रमा भारतका तर्फबाट नेपालका लागि
भारतीय राजदूत जयन्तप्रसाद र नेपाल सरकारका तर्फबाट अर्थसचिव शान्तराज
सुवेदीले हस्ताक्षर गर्नुभएको छ ।
अध्यक्ष रेग्मी, परराष्ट्र एवं गृहमन्त्री माधवप्रसाद घिमिरे, मन्त्रीहरु
र भारतीय विदेश मन्त्री खुर्शिदको उपस्थितिमा सिंहदरबारमा सम्झौतापत्रमा
हस्ताक्षर भएको हो ।भेटका अवसरमा मन्त्रिपरिषद अध्यक्ष रेग्मीले नेपाल र
भारतवीचको सम्बन्ध प्रगाढ रहेको बताउँदै विदेशमन्त्रीको भंमणले थप
सम्बन्ध सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
भारतीय विदेशमन्त्री खुर्शिदले प्रधानन्यायधीशको नेतृत्वमा बनेको
सरकारले निश्पक्ष चुनाव गराउने सक्ने विश्वास व्यक्त गर्नुभएको गौतमले
बताउनुभयो । निर्वाचनले नै नेपालमा राजनीतिक स्थायित्व ल्याउने भएकाले
तोकिएको मितिमा निर्वाचन सफल होस् भन्ने भारतसरकारको चाहना रहेको
खुर्शिदले बताउनुभएको थियो ।
विज्ञप्ति हेर्नुस्

No comments:

Post a Comment