Tuesday, July 9, 2013

तिब्बती शरणार्थीको निगरानी गर्न सादा पोसाकका प्रहरी, धार्मिक क्षेत्रमा बढि निगरानी

२५ असार, काठमाण्डौं । तिब्बती शरणार्थी रहेका मुलुकभरका १८ ओटै
क्याम्पमा प्रहरीले उच्च सुरक्षा सर्तकतासहित सूचना संकलनका लागि सादा
पोसाकका प्रहरी परिचालन गरेको छ । भारतको बोधगयामा भएको शृंखलाबद्ध
आतंककारी आक्रमणपछि नेपालमा रहेका बौद्ध स्तुपा, गुम्बा तथा तिब्बती
क्याम्पहरूमा सुरक्षा सतर्कता बढाइएको हो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज
सिलवालका अनुसार नेपालमा रहेका १३ हजार ६ सय ६८ तिब्बती बसेका सबै
क्याम्पमा निगरानी बढाइएको छ । तिब्बती शरणार्थीले नेपालमा पनि गतिविधि
बढाउने र अप्रिय घटना घटाउन सक्ने भन्दै सुरक्षा सतर्कता बढाई सादा
पोसाकका प्रहरी परिचालन गरिएको हो । । 'विदेशी प्रभाव नेपालमा पर्न सक्छ,
आतंककारीहरूले जहाँ पनि हमला गर्न सक्छन्, धार्मिक संस्थाहरूमा तारो
बनाउँदै लगेका छन्, त्यसकारण प्रहरीले सबैजसो धार्मिक संस्थाहरूमा
निगरानी बढाउँदै लगेको छ,' डीआईजी सिलवालले भने ।
धार्मिक सद्भाव कायमै रहनुपर्छ, जुनुसुकै धार्मिक स्थलमा पनि आक्रमण
गर्नुहुँदैन भन्ने आममान्यतामा सुरक्षा निकाय सजग रहेको जानकारी पनि
प्रहरी प्रवक्ता सिलवालले दिए । प्रहरीले बौद्ध धर्मसँग सम्बन्धित स्थलमा
मात्रै होइन, हिन्दूहरूको मन्दिर तथा मुस्लिम समुदायको मस्जिदमा समेत
सुरक्षा सतर्कता अपनाएको बताएको छ । बोधगयामा भएको आतंककारी हमलापछि
विशेषगरी लुम्बिनी, स्वयम्भूनाथ, पाटनस्थित गोल्डेन स्तुपा, बौद्धको
गुम्बामा पनि प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।
तिब्बतीहरूको क्याम्पमा पनि आक्रमण हुन सक्ने खतरा रहेको भन्दै उनीहरूको
गतिविधि निगरानी र सुरक्षा दुवै एकसाथ हुने निष्कर्षसहित
प्रहरीलेक्याम्पतर्फ सतर्कता बढाएको हो ।
तिब्बती शरणार्थीहरूले दलाई लामाको जन्मदिनलाई लक्षित गरेर नेपालमा
चीनविरोधी गतिविधि गर्ने सम्भावनासमेत बढेको अवस्थामा प्रहरीले उनीहरूको
गतिविधिलाई पनि निगरानीमा राखेको थियो । तर, त्यस दिन खासै गतिविधि
नभएपछि प्रहरीले पछिल्लो समयमा तिब्बती शरणाथीहरूको गतिविधि कम भएको
मूल्यांकनसहित क्याम्पलाई सामान्य निगरानी मात्रै गरेको थियो । भारतको
बोधगयामा भएको विस्फोटनपछि मातहत निकायलाई एकै पटक सुरक्षाकर्मी बढाउन
निर्देशन दिएको थियो । महानगरीय परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ
उपरीक्षक (एसएसपी) सुबोध घिमिरेले आइतबार रातिबाटै क्याम्पहरूमा सुरक्षा
व्यवस्था कडा पार्न निर्देशन दिइएको बताएको राजधानी दैनिकमा खबर छ ।
'कहिलेकाहीं आतंकारीहरूको असर यता पनि पर्न सक्छ, त्यसकारण हामीले सबै
धार्मिक स्थल र तिब्बतीयन क्याम्पमा समेत सुरक्षा सतर्कता बढाएका छौं,'
एसएसपी घिमिरेले भने ।

No comments:

Post a Comment