Tuesday, July 9, 2013

भ्रष्टाचारमा कर्मचारीभन्दा दलका नेता अगाडि

अदालत, सेना र प्रहरी पनि कम देखिएनन्
२५ असार, काठमाडौं । नेपालमा सबैभन्दा बढी भ्रष्ट राजनीतिक दलहरू भएको एक
अध्ययनले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक
गरेको 'ग्लोबल करप्सन ब्यारोमिटर २०१३' मा राजनीतिक दलपछि निजामती
कर्मचारीहरू भ्रष्ट भएको उल्लेख छ ।
सर्वेक्षणमा सहभागी ७० प्रतिशतले राजनीतिक दलहरूलाई भ्रष्ट भएको
उत्तरदाता थिए । यो अघिल्लो सर्वेक्षणको तुलनामा १७ प्रतिशत बढी हो ।
सर्वेक्षणमा५८ नगरपालिकाका ५३ प्रतिशत पुरुष तथा ४७ प्रतिशत महिला गरी एक
हजारलाई सहभागी गराइएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष
विष्णुबहादुर केसीले जानकारी दिनुभयो ।
निजामती कर्मचारीहरू ६६, प्रहरी ५८, संसद-व्यवस्थापिका र न्यायपालिका
समान ५१/५१ र व्यापार-निजी क्षेत्रलाई ३० प्रतिशतले भ्रष्ट भनेका छन्
।यसैगरी सैनिक २७, शैक्षिक क्षेत्र २१, गैर-सरकारी संस्था २०, चिकित्सा
तथा स्वास्थ्य सेवा १७ र धार्मिक संघसंस्थालाई भ्रष्ट भन्ने उत्तरदाता १६
प्रतिशत छन् । ग्लोबल करप्सन व्यारोमिटरमा सञ्चारमाध्यम १४ प्रतिशत
भ्रष्ट देखिएका छन् । जुनअघिलो सर्वेक्षणको तुलनामा चार प्रतिशत बढी हो ।
२०११ मा गरिएको सर्वेक्षणको तुलनामा सबै क्षेत्रमा भ्रष्टाचार बढेको
देखिएको छ ।राजनीतिक दलहरू र स्थायी सरकार भनिने निजामती कर्मचारीहरू
सबैभन्दा बढी भ्रष्ट हुँदा देशको सम्पूर्ण प्रणाली ध्वस्त हुने
ट्रान्सपरेन्सी नेपालका अध्यक्ष केसीले बताउनु भयो ।
सर्वेक्षणमा सहभागीमध्ये सबैभन्दा बढी अर्थात ४० प्रतिशतले भूमिसम्बन्धी
सेवाका लागि घूस दिएको बताएकाछन् । त्यस्तै न्याय सेवामा ३७, प्रहरीमा
३०, दर्ता र अनुमतिका लागि २६ तथा कर तिर्दा ८ प्रतिशत घूस दिएको जवाफ
दिएका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनले नेपालसहित विश्वका १०७ वटा देशमा
विभिन्न १३ वटा प्रश्नमा अध्ययन गरेको थियो ।
तपाईंको सम्पर्कमा आएका व्यक्तिलाई कुनै प्रकारका घुस दिनुपरेको छ ? भनी
सोधिएकोप्रश्नमा सबैभन्दा बढी भूमिसम्बन्धी सेवामा घुस दिएको प्रतिवेदनले
जनाएको छ ।
४० प्रतिशतले भूमिसम्वन्धी सेवा लिनका लागि घुस दिनुपरेको बताएका हुन् ।
न्याय प्रणालीमा ३७, प्रहरीमा३०, दर्ता र अनुमति सेवामा २६, करमा ८,
उपभोग्य सेवामा ६ र चिकित्सा तथा स्वास्थ्य सेवामा ३ र शैक्षिक
प्रणालीमा३ प्रतिशतले घुस दिनुपरेको जवाफ दिएका थिए ।

No comments:

Post a Comment