Tuesday, July 16, 2013

कतारमा परिचयपत्र नबोक्नेलाई १० हजार रियाल जरिवाना

१ साउन, दोहा । कतार सरकारले अब आफ्नो वैध परिचयपत्र नबोक्ने, कतार आएको
सात दिनभित्रै मेडिकल र फिंगरपि्रन्ट नगराउने र कामदारको राहदानी
राख्नेलाई १० हजार रियाल जरिवाना लगाउने भएको छ ।
खोज तथा अनुसन्धान विभाग (एसएफडी) का प्रमुख बिग्रेडियर नसिर मोहमद इसा
अल सायदले कतारमा कार्यरत आप्रवासी समुदायका नेताहरुसँग छलफल गर्दै कतार
सरकारको नयाँ नियमको विषयमा यस्तो जानकारी दिएका हुन् ।
उनले कतारमा कार्यरत सबै आप्रवासी कामदारले बैध परिचयपत्र बोकेर
बस्नुपर्नेमा जोड दिए । 'सँधै आआफ्नो आइडी कार्ड साथमा बोक्नुपर्छ । नत्र
सम्बन्धीत अधिकारीले परिचयपत्र माग्दा नपाएमा पक्राउ गरी १० हजार रियाल
जरिवाना तिर्नुपर्छ,' उनले भने ।
अब कामदार कामका लागि कतार आइपुगेको सात दिनमै मेडिकल र फिंगरपि्रन्ट
गरिसक्नुपर्ने नियम ल्याएको छ । मेडिकल र फिंगरपि्रन्ट भएपछि मात्रै
कतारमा स्थायी रुपमा बसेर काम गर्नका लागि आवासीय अनुमति (आरपी) पाउने
व्यवस्था हुन्छ । आरपी लाइसकेपछि मात्रै कामदारले आफ्नो परिचयपत्र पाउने
व्यवस्था छ । कतारले समयमै आरपी नलगाउने कम्पनीलाई दैनिक रुपमा जरिवाना
लगाउने एमएफडीले जनाएकोकान्तिपुरदैनिकमा खबर छ ।

No comments:

Post a Comment