Saturday, July 20, 2013

ढुंगा लागेर मलेसियामा एकनेपालीको ज्यान गयो

५ साउन, क्वालालाम्पुर । मलेसियामा एक नेपालीको ढुंगाले लाग्दा ज्यान
गएको छ । जोहोरवारुको जलान २ वन्दर श्री आलममा रहेको ढुगा
खानीमाव्लास्टिङ गर्ने क्रममा उछुटिटएको ढुगांले लागेर ड्राईग ट्याक
कम्पनीमा कार्यरत उदयपुर कटुन्जे बबला ८ ढाक्रे घर भएका अन्दाजी २३
वर्षका लुहान राईको ज्यान गएको हो ।
शुक्रवार दिउँसो रेष्टको समयमा खाना खाईसकेपछि फेरि डिउटी गरिरहेको
अवस्थामा ब्लास्टिङ गरेको ढुगा एक्कासी कम्पनीको छानामाथि आएर वजि्रएको
थियो । ढुगा छानो छेडर कम्पनीभित्र खस्दा राईको ज्यान गएको हो ।
ब्लास्टिङ भएको स्थान र उक्त कम्पनी करीव एक किलोमिटर टाढारहेको भिम
तामाङले जानकारी गराएका छन् ।
घटनामा नेपाली दुई सहित १० जना विदेश कामदारहरु घाईते भएका थिए । तामाङका
अनुसार घाईतेहरुको जोहोरको सुल्तान अस्पतालमा उपचार पश्चात होस्टलमा
फर्किएका छन ।
स्थानिय पत्रिकाहरुले जनाए अनुसार घटनामा १८ वटा जति कार र करीव १४ वटा
कम्पनीमा सामान्य क्षति पुगेको छ । कतिपय कम्पनीका झयालका सिसाहरु फुटेका
छन ।
राई २६ महिनादेखि मलेसियामा कार्यरत रहेका थिए । मृतकका आफनै सहादर दाजु
सामाण्डु राईपनि घटना घटेको ठाउँभन्दा पाँच मिनेट टाढा पर्ने अर्को
कम्पनीमा कार्यरत छन । हाल मृतक राईको शव पोस्मार्टमकेा लागि स्थानिय
अस्पतालमा लगिएको छ ।

No comments:

Post a Comment