Saturday, July 20, 2013

घर खर्चमै सकिन्छ रेमिट्यान्स

५ साउन, काठमाण्डौं । भूपराज रेग्मी दुई वर्षदेखि केन्यामा कार्यरत छन् ।
स्याङजा, जगतभञ्ज्याङ १ का रेग्मीले कमाएर पठाउने मासिक करिब ३५ हजार
रुपैयाँ लगभग घरखर्चमै सकिन्छ । 'खासै वचत हुन सकेको छैन्,' उनी विदेश
गएपछि वालिङ नगरपालिकामा बालबच्चासहित बस्दै आएकी उनकी श्रीमती टीकाले
भनिन् 'गएको खर्च तिर्न, छोराछोरी पढाउन र घर खर्च गर्दैमा सकिन्छ ।'
वैदेशिक रोजगारीमा गएकाहरुले कमाएको रकम घरव्यवहार चलाउँदैमा सकिने टीका
एक्ली हैनन् । अधिकांश नेपाली परिवारको कथा यस्तै छ । विदेशी कामदारले
पठाएको विप्रेषण (रेमिट्यान्स) को राशि निकै ठूलो भए पनि यसको अधिकांश
हिस्सा घरखर्चमै सकिने गरेको छ । भौतिक पूर्वाधार र पूजी निर्माणमा
त्यसको यथेष्ट सदुपयोग हुन सकेको छैन । गत आर्थिक वर्षमा कुल ग्राहस्थ
उत्पादन (जीडीपी) मा रेमिट्यान्सको करिब ३३ प्रतिशत योगदान थियो । आब
२०६९/७० को ११ महिनामा ३ खर्ब ८८ अर्ब रेमिट्यान्स भित्रियो ।
हुन्डीलगायत अनौपचारिक माध्यमबाट भित्रिएको रकम पनि करिब त्यतिकै
हाराहारीमा रहेको अनुमान छ । नेपाल विश्वमा सबैभन्दा बढी विप्रेषण
भित्र्याउने पाँच राष्ट्रमध्ये पर्नेकान्तिपुरदैनिकमा खबर छ । ३०
नेपालीहरु विभिन्न ७७ मुलुकमा कार्यरत रहेका छन् । त्यस्तै आम्दानीको ७९
प्रतिशत रकम दैनिक उपभोगमै खर्च हुने गरेको छ।

No comments:

Post a Comment