Wednesday, June 12, 2013

‘डन’ चक्रे मिलनसँग १ करोड धरौटी माग

'डन' चक्रे मिलनसँग १ करोड धरौटी माग
२९ जेठ, काठमाडौं । विशेष अदालतले गुण्डागर्दी गरी अवैध सम्पत्ति कमाएको
आरोपमा 'डन' चक्रे मिलनसँग १ करोड धरौटी मागेको छ । बुधबार अदालतका
अध्यक्ष न्यायाधीश केदारप्रसाद चालिसे र सदस्यद्धय न्यायाधीश मोहन रमन
भट्टराई र भुपेन्द्रप्रसाद राईको इजलासले थुनछेक बहसपछि चक्रे मिलनकी
श्रीमती इन्दिरा गुरुङसँग २ लाख धरौटी मागेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ७ करोड ८ लाख १७ हजनार २ सय २६
रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको दावी गरेको छ । विभागले उनी र उनको
श्रीमती इन्दिरा गुरुङको नाममा विभिन्न स्थानमा रहेको घरजग्गा, सम्पत्ति
र बैंक ब्यालेन्स जफत गर्न माग गरेको छ । लागू औषध मुद्दामा डिल्लीबजार
कारगारमा रहेका उनलाई बुधबार अदालतमा उपस्थित गराइएको थियो ।
विभागले गणेश लामा, परशुराम बस्नेतसहितका ५ जनाविरुद्ध जेठ ५ गते विशेषमा
मुद्दा दायर गरेको थियो । उनीहरुमध्ये अदालतले मागेको २ करोड धरौटी
नबुझाउँदा विराटनगरका परशुराम बस्नेत जेल चलान भएका छन् भने ३ जना फरार

No comments:

Post a Comment