Monday, June 3, 2013

लौ आयो अर्को नक्कली माओवादी !

२० जेठ, काठमाडौं । न्वारानको नाम लुकाएर नक्कली नाममा भूमिगत पार्टी खडा
गर्ने, पर्चा छर्ने र चन्दा आतंक मच्चाउने प्रचलन नेपालमा नयाँ होइन ।
यही चलनलाई निरन्तरता दिँदै केही व्यक्तिले हालै माओवादी नामको अर्को
भूमिगत पार्टी खोलेको भन्दै पर्चाबाजी गरेका छन् ।
अहिलेको गणतन्त्र नक्कली भएको भन्दै नेपाल संघीयता यूवा कम्युनिष्ट
पार्टी माओवादी नामको नयाँ पार्टी गठन गरेको घोषणा गरिएको छ । 'युवा
भनेको युद्धको गोटी, युद्धको ढाल मात्र हुन् भन्ने गरिएको हुँदा महिला,
दलित, जनजाति, मधेसी र मुस्लिमका नाममा मिठो नारा दिएर धमिलो पानीमा माछा
मार्न पल्केका नेताहरु सिटामोल नपाएरमर्ने र भोकमरीका कारण आमाले
सन्तानसहित आत्महत्या गर्नुपरेको यथार्थलाई निकास दिनको लागि रुकुम,
रोल्पा र खाराको आलो घाउलाई मलमपट्टी लगाउन लखन थापा, दिलबहादुर रम्तेल,
सुरेश वाग्ले लगायतका शहिदहरुको सपना पूरा गर्न लम्बिँदो संक्रमणकाल र
खस्किँदो संविधानसभाको सुसाशनको अवस्थालाई न्युनीकरण गर्नका लागि दलगत
स्वार्थलाई नेताहरुले कदापी परित्याग गरेनन्' नयाँ माओवादीले जारी गरेको
अपीलमा उल्लेख छ ।
नयाँ जन्मेको माओवादीले पनि वैद्य माओवादीले जस्तै खिलराज रेग्मी सरकार
बिघटन हुनुपर्ने माग गरेको छ । यस्तै अवकाश भई घर फर्किएका लडाकुलाई
रोजगारको व्यवस्था गर्न माग गरेको छ । एकीकृत माओवादी र वैद्य माओवादीले
जस्तै नयाँ माओवादीले पनि आफूलाई गौरवशालीपार्टीको संज्ञा दिएको छ ।
'हाम्रो गौरवशाली पार्टीलाई दमन गरेमा फौजी कार्वाही समेत गरिनेछ'
विज्ञप्तिमा धम्की दिइएको छ ।

No comments:

Post a Comment