Friday, June 21, 2013

रुखमुनि रात काट्दै साउदीमा नेपाली

७ असार, काठमाण्डौं । आममाफीको अवसरमा घर फिर्न काम छाडेर बसेका ठूलो
संख्याका नेपाली साउदी अरबकाविभिन्न ठाउँमा अलपत्र परेका छन् । साउदी
सरकारका निकायहरुबीच आपसीसमन्वय नुहँदा उनीहरु अप्ठ्यारोमा परेका हुन् ।
उनीहरु दमामा, जेद्दाका पार्क, पुल र रुखमुनि रात बाट्न बाध्य छन् । सबै
प्रक्रिया पूरा भए पनि हवाई टिकट नपाएर खजुरको रुखमुनि बस्न बाध्य
भएकाहरु पनि त्यतिकै छन् ।
दमामस्थित सिको गार्डेनमा मात्रै खजुरको रुखमुनि तीनसय भन्दा बढीलेरात
काटिरहेका छन् । जेद्दास्थित पुलमुनि पनि सयौंको संख्यामा
रहेकोकान्तिपुरदैनिकमा खबर छ । दिनभर साउदीको चर्को घाममा पासपोर्ट
कार्यालयअगाडि लाइनमा बसेर हैरानी खेपेका नेपाली रात बिताउन खजुरको
रुखमुनि, पुल, पार्कमा पुग्ने गरेकेा पीडितले बताएका छन् । हाउसमेड काममा
गएर भागेका ६० भन्दा बढी महिला दूतावासको शरणमा पुगेका छन

No comments:

Post a Comment