Friday, June 21, 2013

राष्ट्र बैंकले चीनमा १८ अर्बलगानी गर्ने

७ असार, काठमाण्डौं । राष्ट्र बैंकले चीनको केन्द्रीय बैंकमार्फत १ अर्ब
२० करोड युआन (करिब २० करोड डलर) लगानी गर्ने भएको छ । पछिल्लो समयको औसत
विनियम दरअनुसार राष्ट्र बैंकले उक्त रकमलगानी गर्न १८ अर्ब रुपैयाँ
भन्दा बढी आवश्यक पर्दछ ।
लगानीका लागि दुर्व मुलुकका तर्फबाट डेपुटी गभर्नरले शुक्रबार हस्ताक्षर
गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकका तर्फबाट गोपालप्रसाद काफ्ले र
पिपल्स बैंक अफ चाइना -पीपीसी) का तर्फबाट हुँ जिआओलियन सामेल हुने छन् ।
पीपीसीका ६ डेपुटी गर्भनरमध्ये जिआओलियन चीनको विदेशी मुद्रासम्बन्धी
नीति बनाउने संस्था स्टेट उडमिनिस्ट्रेसन अफ फरेन एक्सचेन्जमा प्रमुख भएर
काम गरिसकेकी छन् ।
राष्ट्र बैंकले भारत, अमेरिका लगायत मुलुकको केन्द्रीय बैंकका विभिन्न
उपकरणमा लगानी गर्दै आएको कान्तिपुर दैनिकमा खबर छ । यस्तो लगानी आय
आर्जनसहित व्यावसायिक सम्बन्ध राम्रो बनाउनगरिन्छ । पछिल्लो समय
अमेरिकालगायत मुलुकमा गरिएको लगनीबाट हुने आय कम भएपछि चीनमा लगानी गर्न
लागिएको हो ।

No comments:

Post a Comment