Monday, July 30, 2012

कोरियामा निधन भएका कोइरालाका परिवारले पाए क्षतिपुर्ति

दक्षिण कोरियाको ख्यङ्गीदो ह्वासाङ्सी स्थित पलाष्टिक कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परि मृत्यु भएका रमेश कोइरालाको परिवारले सातमहिनापछि क्षतिपुर्ति वापत ७करोड ५४ लाख ६८ हजार ५ सय ६० कोरियन वन पाउने भएका छन् ।
कोरियाको मजदूर विमा संस्था श्रम कल्याणकारी निकायले सो रकम खोटाङ चिसापानी निवासी २७ वर्षिय मृतक रमेश कोइरालाका बुवा भरत मान कोइराला तथा आमा मेनुका कोइरालाको सयूक्त खातामा बिहिवार पठाएको प्रवासी मजदूर संगठन एमटियूका अध्यक्ष उदय राईले जानकारी दिएका छन् । खोटाङ सेवा समाजका सल्लाहकार तथा पत्रकार उमेश वस्नेत तथा एमटियूका अध्यक्ष उदय राईको पहलमा कानुनी प्रकृयाबाट प्राप्त भएको रकम मृतकका परिवारले यसै साता पाउने बस्नेतले हेनेकोलाई बताए ।
सन् २०११ को डिसेम्वर १८ तारिख बेलुकी कम्पनीमा काम गर्ने क्रममा आफैले चलाएको फोक्लीप "चिखित्सा" पल्टिदा च्यापिएर कोइरालाको मृत्यु भएको थियो ।
उनि कार्यरत कम्पनी तथा बिमा संस्थानहरुबाट क्षतिपुर्तिका लागि पहल गरिदिन कोरियामा रहेका मृतक संवद्य ब्यक्तिहरुले दूतावासमा हारगुहार गरेपनि दूतावासले सो बिषयमा आवश्यक कदम चाल्न ढिलासुस्ति गरेपछिप्रवासी मजदूर संगठन एमटियूको सहयोगमा कानुनी प्रकृया अगाडि बढाएको बस्नेतले बताए ।
नेपाली दूतावासमा क्षतिपुर्तिका लागि सहयोग माग्न गएको झनै दुःख पाईयो , अरुले त्यस्तो झमेला भोग्नु नपरे राम्रो हुने थियो बस्नेतले गुनासो पोखे । उता एमटियू अध्यक्ष राईले पनि दूतावासको कार्यशैली सन्तोषजनक नभएको बताउदै उसलेश्रमिकहरुको हितमा आवश्यक सहयोग गर्न नसकेका कारण धेरैले दुःख भोग्नुपरेको बताए ।

No comments:

Post a Comment