Sunday, August 19, 2012

बालुवाले पुरेको शव भेटियो

३ भदौ, नुवाकोट । नुवाकोटको थानापति गाँउ विकास समिति वडा नम्बर ४ मा एक महिलाको शव फेला परेको छ । उक्त शव स्थानीय ३५ वषिर्य सिता तामाङको हुनसक्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सिता शुक्रबार बेलुकादेखि हराएको आफन्तले बताएका छन् । शव थानापतिको ढोडेनी खोल्सामा बालुवा र ढुङगाले पुरेको अवस्थामा फेला परेको छ । गाँउबाट सिता हराएकोले उनकै शव हुनसक्ने स्थानियले बताएका छन् ।
उनको मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ

No comments:

Post a Comment