Wednesday, June 19, 2013

वर्षा रोकिएपछि तीन दिनमा विद्युत आयो

पाल्पा, असार ५ - अविरल वर्षा रोकिएको केही घण्डामा तीन दिनदेखि अवरुद्ध
विद्यूत बुधबार दिउँसो मात्र सुचारु भएको छ । विद्युत आपुर्ति नहुंदा
जिल्लाको जनजीवन कष्टकर बनेको थियो ।
बुटवल र केराबारी, झुम्सा क्षेत्रमा बिग्रेको विद्युत् तीन दिनपछि बनेको
हो । विद्युत् अभावले जिल्लाका दैनिक पत्रिका प्रकाशन हुन सकेका थिएनन् ।
प्रहरीको जिल्ला र रामपुर इलाका प्रहरी कार्यालय रामपुरबाहेकका झण्डै १०
युनिटसँग सम्पर्क विच्छेद भएको थियो ।
नेपाल टेलिकमका झण्डै २८ वटा विटिएस विद्यूत अभावले बन्द भएका थिए ।
जिल्लाका अधिकांशको मोवाइल सेवासमेत विद्युत अभावमा बन्द भएपछि स्वीच अफ
भएर जनजीवनलाई नै समस्या पारेको थियो । जिल्ला प्रहरीले जिल्लाको
गतिविधि बुझ्न समेत सम्पर्क विच्छेद भएको जनाएको थियो ।
विद्युत सेवा अभावले सोमबारदेखि प्रशारण बन्द भएका रेडियो अझै खुल्न
सकेका थिएनन् । बुधबार दिउसोबाट मात्र रेडियो सुचारु भएका छन् । विद्युत
अभावमा जिल्लाका साप्ताहिक पत्रिकासमेत निस्कन सकेका थिएनन् । जिल्लामा
दुई दैनिक र ६ साप्ताहिक प्रकाशन हुंदै आएका छन् । विद्युत् आपुर्ति बन्द
भएपछि रेडियो पश्चिमाञ्चल र सामुदायिक रेडियो मुक्तिनाथ सोमबार बिहान
साढे ६ बजेदेखि प्रशारण हुन सकेका थिएनन् ।
यस्तै, सामुदायिक रेडियो मदनपोखरा सोमबार दिउसो १ बजेदेखि प्रशारण हुन
सकेको थिएन । नेपाल विद्युत् प्राधिकरणका अनुसार जिल्लाका कालीगण्डकी
वेसीका केही गाविसमा वुटवल पावर कम्पनीको गल्याङ्बाट उत्पादित विद्युत्
सप्लाई भएपनि अन्य क्षेत्रमा बिद्युत आपुर्ति हुन सकेको थिएन ।
प्राधिकरण अनुसार वुटवल सवस्टेशनबाट आएको खराबीका कारणविद्युत् आपुर्ति
सहज हुन नसकेको हो । स्याङ्जास्थित गल्याङ्को लाईनले जिल्लाभर धान्न
नसकेकाले आपुर्ति गर्न नसकिएको प्राधिकरणले जनाएको छ ।
नवसंवाद साप्ताहिकका सम्पादक रेखीराम रानाले पत्रिका प्रकाशन र जिल्लाका
संचारकर्मीलाई विद्युत् अनियमितताले सबैभन्दा बढी समस्या निम्त्याएको
बताए । कम्प्युटर इन्स्टिच्युट, उद्योग, कलकारखाना, व्यापारी,
व्यवसायीलाई पनि विद्युत आपूर्ति नहुंदा समस्या हुने गरेको बताएका छन् ।

No comments:

Post a Comment