Wednesday, June 19, 2013

बाढी पीडितको उद्धारमा कन्जुस्याँई नगर्न रेग्मीको निर्देशन

१९ करोडको प्रम राह्रत कोषलाई ४० करोड पुर्याइने
५ असार, काठमाण्डौ । सरकारले बाढीमा परी ज्यान गुमाएका पीडित परिवारलाई
प्रतिपरिवार ४० हजार रुपैयाँ राहत स्वरुप प्रदान गर्ने भएको छ । अन्तरिम
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको सरकारी निवास बालुवाटारमा बुधवार
विहान बसेको बैठकले बाढी पहिरोमा परी ज्यान गुमाएका पीडित परिवारलाई ४०
हजार रुपैयाँ राहत दिने निर्णय गरेको हो ।
त्यस्तै बैठकले बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धारर रातहको सामग्री
पठाउन कुनै कसुर बाँकी नराख्ने निर्णय पनि गरेको छ । वैठकले १९ करोडको
प्रधानमन्त्री राह्रत कोषलाई बढाएर ४० करोड रुपैयाँको पुर्याउने निर्णय
समेत गरेको छ ।
उक्त क्षेत्रमा चाहिने लत्ता, कपडा, खाद्यान्न, औषधीलगायतका अति आवश्यकीय
सामान तत्काल पठाउने निर्णय बैठकले गरेको मन्त्रिपरिषदका अध्यक्ष
रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
वैठकले नेपाली सेना तथा हेलिकोप्टरको प्रयोग गरी राहत वितरण तथा उद्धारको
कामलाई तिव्रता दिन निर्देशन दिएको छ ।
साथै महाकाली नदीमा आएको वाढीका कारण विस्थापितहरुलाई सुरक्षित ठाउँमा
पुर्नस्थापनाका गरिने र उनीहरुको स्वास्थ्यलाई विशेष निगरानीमा राख्ने
निर्णय बैठकले गरेको छ । वैठकले स्थानीय प्रशासन, गृहमन्त्री तथा
मन्त्रीहरुले घटनाका पीडितहरुले राहत पाए नपाएको बारेमा निरन्तर जानकारी
लिने र आवश्यक सहयोगका लागि सधै तत्पर रहने निर्णय बैठकले गरेको छ ।

No comments:

Post a Comment