Wednesday, June 19, 2013

भारतले खलंगा बगाउन बाँध खोल्यो : बाढी पीडित

५ असार, दार्चुला । दार्चुलाका महाकाली पिडीतहरुले भारतले दार्चुला
सदरमुकाम खंगा बगाउने उद्देश्यले सुनियोजित रुपमा बाँध खोलेको भन्दै बाढी
पिडीतहरुले अन्तर्राटि्रय अदालत जाने बताएका छन् ।
विगतका वर्षहरुमा यो भन्दा बढी वर्षा हुँदा समेत मकालीमा बाढी नआएको
बताउदै पिडीतहरुले भारतले खलंगा बगाउने उद्देश्यले बाँध खोलि दिदां
अतुलनीय क्षति भएको र अब मुद्दालाई यसलाई अन्तर्राष्ट्रिय अदालत सम्म
लाने बताएका हुन् । बाङाबगडमा रहेका आˆना तीन घर बाढीले बगाएपछि भाव
विहृवल बनेका मानसिह ठगुन्नाले अविरल वर्षाका कारण मात्रै नदिमा बाढी
नआएको र भारतले सुनियोजित तरिकाले खलंगा बगाउने उद्देश्यले बाँध खोलेको
आरोप लगाउनुभयो ।
उद्येागा वाणिज्य संघ दार्चुलाका कोषाध्यक्ष समेत रहनुभएका ठगनुन्नाले अब
यस विषयलाई सरकारले गम्भीर रुपमा लिनुपर्ने र सत्य, तथ्य छानविन गरी
अन्तर्राष्ट्रिय अदालतमा यो मुद्दा लग्नुपर्ने बताउनुभयो । भारतले मानव
बस्ती भन्दा माथि बाँध निर्माण गरेकाले यस विषयलाई नेपाल सरकारले शसक्त
रुपमा अन्तर्राष्ट्रिय मुद्धा बनाए र छानविन गर्नुपर्ने माग गर्नुभयो ।
भारतले एकलौटी रुपमा महाकालीमा तटबन्ध निर्माण गर्दा नेपाल सरकारले मौनता
देखाउनु दार्चुलेली जनता माथि घोर अपराध गरेको आरोप लगाउनुभयो । त्यस्तै
बाढी पिडीत रिङनतालका सुकुम्बासीहरुले पनि भारतकै कारण बाढी आएकाले यसको
सत्य, तथ्य छानविन गरिनुपर्नेमा जोड दिएका छन् ।
सेनाको हेलिकप्टर दार्चुला पुग्यो
यसैबीच नेपाली सेनाको हेलिकोप्टर दार्चुला पुगेको छ । राहत समाग्रीसहित
दार्चुला पुगेको टोलीले ४ सय ३० थान कमल, दुईसय थान पेन्ट, २० परिवारका
लागि रिफिल सेट, तथा औषधिहरु पुर्याएको छ । स्थानीय स्तरमा संकलन गरेको
राहत सामग्री वितरण गर्ने कार्य जारी रहेकेा छ । भने नेपाल रेडकक्रम
सोसाइटीका शम्भु निरौला, गृहमन्त्रालयका उपसचिव प्रदीप कोइराला लगायतको
टोलीले पनि केहीबेरमा राहत वितरण कार्य सुरु गर्ने जानकारी दिइएको छ ।
चाउचाउ र च्यूरा खाएर रात विताउँदै पिडीत परिवार
काठमाण्डौबाट राहत सामग्री ल्याएर उडेको सेनाको हेलिकप्टर समय अभाव
दर्शाउदै नेपालगञ्जमै रोकिएपछि बाढी पिडीतहरुलाई चाउचाउ र च्यूरा वितरण
गरिएको छ । अपरान्ह ५ बजेतिर दोस्रो पटक बसेको दैवि प्रकोप उद्दार
समितिको बैठकले स्थानीय स्तरबाटै चाउचाउ र च्यूरा वितरणगर्ने निर्णय
गरेको थियो । बैठकमा सुरक्षा अधिकारी, राजनीतिक दलका प्रतिनिधि, उद्योग
वाणिज्य संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैठकपछि उद्योग
वाणिज्य संघको पहलमा पिडीतहरुलाई चाउचाउ र च्यूरा वितरणगरिएको हो ।
दैनिक उपभोग्य वस्तुको अभाव, बजार भाउ आकासियो
बाढीपछि क्षतिग्रस्त बनेको दार्चुला सदरमुकाम खलंगामा यति बेला दैनिक
उपभोग्य वस्तुको अभाव भएको छ । खलंगाका अधिकांस पसलहरु बन्द अवस्थामा
रहेका छन् भने खुलेका पसलहरुले पनि सामान लुकाएको बताइएको छ । खलंगामा
डेरा गरी बस्दै आएका भगवती न्वालपानीका किसन धामीका अनुसार खुलेका केहि
पसलहरुले पनि चर्को मूल्य लिएर सामान दिइरहेका छन् । दिउँसो प्रशासनले
सामानको मूल्य नबढाउन माईकिङ गरे पनि सामानको मूल्य हृवात्तै बढाइएको छ ।
केहि समयका लागि पुल खुला गरिए पनि भारतीय बजार धारचुलामा समेत दैनिक
उपभोग्य वस्तु पाउन नसकेको शेरीका अमर कोट्टारीले बताउनुभयो ।
पिडीत परिवार खुला आकाशमूनि रात विताउँदै
आइतबारदेखि महाकालीमा आएको बाढीले आजसम्म घर गुमाएका खलंगाका विस्थापित
परिवारहरु खुला आकाशमूनि रात विताउन बाध्य भएका छन् । भएको घर कालीको
बाढीले बालुवामा पूरी दिएपछि घरवारविहीन बनेका खलंगाका झण्डै पाँच दर्जन
भन्दा बढी सर्वसाधारण खुला आकाशमूनि रात काट्न बाध्य भएका हुन् ।
बाङाबगड क्षेत्रका विस्थापित परिवारका लागि नेपाल रेडक्रस जिल्ला शाखाको
कार्यालय, जिल्ला विकास समितिको कार्यालय र खानेपानी कार्यालयमा बस्ने
व्यवस्था मिलाइएको छ भने गल्फै क्षेत्रका विस्थापित परिवारका लागि मौतीमा
निर्माणधिन निजामति कर्मचारी आवास गृह, पशुपति शिक्षा मन्दिर,
बसन्तभ्याली पब्लिक स्कूलमा बस्ने व्यस्था मिलाइएको छ । ति ठाउँहरुमा
बस्ने ठाउँ प्रयाप्त नभएपछि बाँकी विस्थापित परिवारका लागि जिल्ला सिचाई
कार्यालयको परिषरमा त्रिपालमूनि बस्ने व्यवस्था गरिएको छ । विस्थापित
परिवारमध्ये कतिपय मन्दिर र आफन्तकहाँ बास बस्न पुगेका छन् ।
खलंगाबासी अझै त्रसित
आइतबारदेखि महाकाली नदिमा आएको भिषण बाढीले ठूलो क्षति व्यहोर्नु परेका
खलंगाबासी फेरी नदिमा बाढी आउने डरले त्रसित बनेका छन् । मंगलबार दिउँसो
देखि मौसममा आएको सुधारसंगै नदिमा पानीको बहाव कम हुँदा अलि राहत महशुस
गरेका खलंगाबासी साझँ फेरी आकाशमा कालो बादल मडारिदां बाढी आउने डरले
त्रसित बनेका हुन् । अहिले फाटफुट मात्र झरी परिरहेको छ ।
२०२७ साल दोहोरियो, नदि आफ्नै साविक ठाउँमा
वर्षायाममा जतिसुकै पानी परेपनि नदिमा एक्कासी यति ठूलोउग्र रुप लिएर
महाकाली धेरै वर्ष पहिलादेखि नउर्लिने भएता पनि यो वर्ष भने एक दिनकै
अविरल वर्षा लगत्तै विशाल रुप लिएर क्षणभरमै सयौं घरहरुलाई आफुसंगै
बहकाउन पुगिन्।
नदिमा यसरी एक्कासी यति ठूलो बाढी आउँला भनेर कसैले कल्पना सम्म गरेका
थिएनन् । तर, भयो ठिक उल्टो आइतबार साझँसम्म आˆनो पूरानै गतिमा बग्ने
महाकाली चार घण्टापछि समुद्र बनेर खलंगालाई आफुसंगै बहकाउन पुगिन् ।
स्थानीयबासीका अनुसार वि.स. २०२७ साल यता महाकालीमा कहिल्यै यति ठूलो
बाढी आएको थिएन । ०२७ सालमा भारतको माल्वा भन्ने ठाउँमा विशाल पहिरो
जादां आज जस्तै सयौं घरहरुलाई बगाउने गरी उर्लेको थियो । ०२७ सालको बाढी
पूर्व नदिको साविक क्षेत्र अहिले बगाएको बस्ती बाङाबगड र रिङनताल क्षेत्र
थियो । बाढीपछि नदिले धार परिवर्तन गरी केहि वर्ष यता बहदै गरेको
अवस्थामा पुर्याएको थियो ।
खलंगा-५ का ६५ वषिर्य स्थानीय अनन्तराम भट्टका अनुसार ०२७ सालमा आएको
बाढीले नदिलाई बाङाबडदेखि भारततर्फ मोडेको थियो । बाढीपछि स्थानीयले
बाङाबगड क्षेत्रमा घर बनाउन थालेका थिए । जनसंख्या बृद्धिसंगै सो
क्षेत्रमा विस्तारै बजारीकरण हुँदै गएको हो । अहिले सो क्षेत्रमा सरकारी
तथा निजी गरी सयौं घरहरु निर्माण गरिएका थिए । जसमध्ये यस वर्षको बाढीले
दर्जनौ घरहरुलाई बगाउँदै नदिले फेरी आˆनो उही पूरानो क्षेत्र ओगटेको छ ।
क्षतिको विवरण अझै यकिन भएन
महाकाली नदिमा लगातार दुई दिनसम्म आएको भिषण बाढीले खलंगाको बाङाबगड र
गल्फै क्षेत्रमा गरी सयौं घरहरु क्षतिग्रस्त भइपनि अझै यकिन तथ्याङक भने
आउन सकेको छैन् । प्राप्त तथ्याङक अनुसार बाढीले अहिलेसम्म १३ वटा सरकारी
र ६५ वटा निजी गरी ७८ घर क्षतिग्रस्त भएपनि सो तथ्याङकमा घटबढ हुनसक्ने
जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रिङनतालको सुकुम्बासी टोलमा सुरुमा
१३ घर भनिए पनि अहिले १७ वटा घर रहेको पिडीतहरुले बताएका छन् । रिङनतालमा
कृषि बजार केन्द्रका दुई, एक वटा निजी घर पक्कीरहेका थिए भने अन्य टहरा
थिए । त्यसैगरी गल्फै क्षेत्रमा पनि कति घरहरु बाढीले बगायो भनेर यकिन
हुन नसकेको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि अधिकारीले बताउनुभयो ।
पिडीतलाई राहत दिलाउन अन्न संकलन गरिदैं
खलंगाका बाढी पिडीतलाई राहत दिलाउन अन्न संकलन गरिन थालेको छ । जिल्लाको
लेकम क्षेत्रमा पर्ने ग्वानी गाविसमा रहेको नेपाल रेडक्रस उप-शाखा
कार्यालयले बाढी पिडीतलाई राहत दिलाउन एक घर एक माना अन्न संकलन गरिन
लागेको उप-शाखाका सचिव भुवन डागाले जानकारी दिनुभयो । मंगलबार केही
घरहरुबाट अन्न संकलन गरिएको बताउँदै उहाँले बुधबार विहानैदेखि संकलन
कार्य थालिने र सम्भव भएसम्म बुधबार नै पिडीहरुलाई वितरण गरिने छ ।

No comments:

Post a Comment