Saturday, May 18, 2013

सरकारी खाद्यान्न माओबादीले लुटे

मुगु, जेष्ठ ४ - जिमा गाविसको सोरुकोटमा घुम्ती सेवाको लागि खच्चरमार्फत
लगिादै गरेको करिव ५ क्वीन्टल खाद्यान्न नेकपा माओबादी कार्यक्रताहरुले
शुक्रबार राति लुम्लाकाँघबाट लुटेर लगेका छन् ।
सोरुकोटमा घुम्ती सेवा संचालन गर्न आज बिहान जिल्लास्थित सम्पूर्ण
कार्यालय प्रमुख त्यसतर्फ जाँदै छन् । उनीहरुभन्दा अगाडि पठाइएको
खाद्यान्न माओबादीले लुटेर लगेको श्रीनगर गाविसका सुमन मल्लले टेलिफोनबाट
जानकारी दिए ।
सोरुभेगका सात वटै गाविसलाई लक्षित गरी सोरुकोटमा जिल्ला प्रशासन
कार्यालयले संचालन गर्न लागेको घुम्ती सेवा बिथोल्न नेकपा माओबादी
कार्यकर्ता बाटोमै खाद्यान्न लुटेको मल्लले भनाई छ ।
खाद्यान्न लुटिएको बारे आफूलाई जानकारी नभएको प्रहरी नायव उपरीक्षक
रणबहादुर रायमाझीले बताए ।
source ekantipur.com

No comments:

Post a Comment