Saturday, May 18, 2013

नायिका रेखा थापा आजदेखि एमाओवादी कार्यकर्ता

४ जेठ, काठमाडौं । चर्चित अभिनेत्री रेखा थापा एमाओवादीमा प्रवेश
गर्नुभएको छ । आज एमाओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा
एमाले नेतृ उर्मिला अर्यालको पार्टी प्रवेशसँगै नायिका थापालगायत डेढ
दर्जनले एमाओवादीमा प्रवेश गरेका हुन् ।
अर्याल, थापालगायतका पार्टी प्रवेश गर्ने नेता कार्यकर्तालाई एमाओवादी
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष डा.बाबुराम भट्टराई, अर्का
उपाध्यक्ष नारायणकाजी श्रेष्ठले फूलमाला अविर लगाएर पाटीमा प्रवेश
गराउनुभएको हो ।
एमाओवादीले तत्कालीन माधव नेपाल सरकारविरुद्ध गरेको सडक आन्दोलनका बेला
प्रचण्डसँग नाचेकी थापालाई सोही घटनादेखि एमाओवादी निकट कलाकार मानिँदै
आएको थियो । यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका बेला कलाकारले
गरेको सरकारविरोधी आन्दोलनमा रेखाको सहभागिता थिएन । थापाले आफूलाई
चलचित्र विकास बोर्डको अध्यक्ष बनाउन प्रचण्ड र बाबुरामसँग लविङ गर्दै
आउनुभए पनि उहाँलाई बोर्डमा ल्याइएन ।
चलचित्र क्षेत्रको विकासका लागि केही गर्ने र राजनीतिमा समेत अघि बढ्ने
बताउँदै आएकी थापा एमाओवादीमा प्रवेश गरेपछि आगामी संविधानसभामा उमेद्वार
बन्ने अनुमान गरिएको छ ।
पेरिसडाँडामा आयोजित औपचारिक कार्यक्रममार्फत उनीहरुलाई पार्टीमा प्रवेश
गराइएको हो ।
source onlinekhabar.com

No comments:

Post a Comment