Sunday, May 19, 2013

प्यारालाइसिसबाट पीडित बाबु छोरा मृत भेटिए

५ जेठ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका-११ स्थित भुजेलामा शनिबार
बाबु छोरा झुन्डिएर मरेको अवस्थामा फेला परेका छन् ।
लामो समयदेखि प्यारालाइसिस रोगबाट पीडित बाबु छोराले गरिबीका कारण रोगको
उपचार गर्न नसक्दा झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशङ्का
गरेको छ । ४८ वर्षका बाबु राजेश टमटा र १९ वर्षका छोरा अजु टमाटाले
घरभित्र एउटै डोरीमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय
कञ्चनपुरका प्रहरी नायब उपरीक्षक विर्खबहादुर रावलले बताउनुभयो ।
ती दुवै बाबु छोरा एक घरमा बस्ने गरेका र अर्को घरमा राजेशका जेठा छोरा र
बुहारी बस्ने गरेका थिए । घटनाकोविस्तृत जानकारीका लागि प्रहरीले मृतकका
जेठा छोरा र बुहारीसँग सोधपुछ गरिरहेको छ ।
उपचार गर्न नसक्ने भएपछि दुवैजनाले एकसाथ झुन्डिएर आत्महत्या गरेका वा
पहिला छोराको हत्या गरी आत्महत्या गरेको भन्ने आशङ्का देखिएको छ प्रहरी
नायब उपरीक्षक रावलले बताउनुभयो ।
छोराको उपचारका लागि राजेशले आफन्त, छिमेकी र नातागोताबाट ऋण लिएका थिए ।
उनलाई ऋणको चिन्ताले सताउने गरेको स्थानीय बासिन्दा बताउँछन् । रासस

No comments:

Post a Comment