Sunday, May 19, 2013

वागमतीमा पसे राजेश हमाल ! बाबुरामपछि रेग्मीको पालो

५ जेठ, काठमाडौं । भनिन्छ, फोहोरभित्रै नपसी सफा पार्न सकिँदैन । यसैले
हुनुपर्छ, कोही कलाकार राजनीतिको फोहोर सफा गर्न भन्दै पार्टी प्रवेश
गरिरहेका छन् । तर, सिनेनायक राजेश हमालचाहिँ आइतबार वागमतीनदीको फोहोर
सफा गर्न भन्दै अन्य केही सहकर्मीसँगै दुर्गन्धित नदीमा प्रवेश गर्नुभयो
। नेपाली सिने कलाकारहरु वागमती सफाइ अभियानमा सक्रिय रुपमा लागेका हुन्
। आइतबार बिहान महानायक राजेश हमाल बागमती सफाइका लागि माक्स र पन्जा
लगाएर वागमतीमा पस्नुभयो । नायक हमालले वागमतीको फोहोर टिप्दै गर्दा
उहाँलाई दर्शकलेसमेत साथ दिए ।
वागमती सफाइको पवित्र उद्देश्यलिएर शनिबार फुटबल खेलेका कलाकारहरु आइतबार
सफाइमा लागेरसबैलाई नयाँ सन्देश दिएका छन् । काठमाण्डौको पशुपतिनाथ देखि
सिनामंगल क्षेत्रसम्म कलाकारहरुले वागमतीको सफाइ गरेका हुन् । बागमती
सफाइ अभियानमा नायक हमालका साथै चलचित्र कलाकार संघका अध्यक्ष नबल खड्का,
विज्ञापन एजेन्सी आनका अध्यक्ष राजकुमार भट्टराई, गायक बद्री पंगेनी,
नायिका सौजन्य सुब्बा, पूजना प्रधान, पूर्व मिस नेपाल उषा खड्गी लगायतका
सेलिब्रेटीहरु सहभागी हुनुहुन्थ्यो । कलाकारहरुले जनताका घर-घरमा पुगेर
बागमती सफा राख्न आग्रह समेत गर्नुभयो । यसअघि काठमाण्डौको सडक सफाइ गर्न
कुचो लिएर रत्नपार्कको शान्तीवाटिका पुगेका कलाकारहरुले आइतबार बागमतीको
फोहोर सफाइ गरेका हुन् ।
बाबुरामपछि रेग्मीको पालो !
डुङडुङती गन्हाउने वागमती नदीलाई सफा बनाउने अभियान चल्न थालेको धेरै
वर्ष भयो । तर जति अभियान चलाएपनि बागमतीमा झन फोहोर बढ्दैछ । पशुपति
आसपासको क्षेत्रमा केही सफा देखिए पनि त्यहाँबाट तल झरेपछि बागमती
हेरिनसक्नुको फोहोर र दुषित छ । यही दुषित र फोहोर बागमतीलाई सफा गर्न
भनेर सरकारले बेलाबेला अभियान चलाउने गरेको छ । सफाई अभियान चलाउने
संघसंस्थाले कलाकारदेखि प्रधानमन्त्रीलाई समेत अगाडि सार्ने गरेका छन् ।
पहिलेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफैं साबेल समातेर बागमतीमा
पस्नुभएको थियो । यसपटक मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले त्यही
गर्नुभयो ।
बागमती सभ्यता एकीकृत विकास समितिको आयोजनामा आइतबार पशुपतिस्थित
गुहेश्वरीमा रेग्मीले नदी सफाई कार्यक्रमकोउद्घाटन गर्नुभयो । यसअघि
भट्टराईले जस्तै उहाँले पनि नदीमै बसेर साबेल चलाउनुभएको हो । वागमती
सफाइमा सघाउ पुर्याउने उद्देश्यले शनिबार कलाकार र विज्ञापन एजेन्सीबीच
मैत्रीपूर्ण फूटबल भएको थियो ।
८० प्रतिशत फोहोर घटेको दाबी
पशुपतिबाट चोभारसम्म हेर्दा बागमती कतै सफा नदेखिए पनि सरसफाइ अभियान
चलाउनेहरुले भने८० प्रतिशत फोहोर घटेको दावी गरेका छन् । बागमती सभ्यता
एकीकृत विकास समितिका अनुसार नदीमा फोहोर फाल्न हुन्न भन्नेमा
स्थानीयबासिन्दा पनि सचेत भएका छन् । गत माघ ९ गतेदेखि शुरु भएको विशेष
सरसफाई अभियान अन्तर्गत आइतबारबिहान गुहेश्वरीदेखि सिनामंगलसम्मको
क्षेत्रमा सरसफाइ गरिएको हो । 'जेठ महिनाभरअभियान सञ्चालन हुन्छ' समितिका
संयोजक महेश बस्नेतले जानकारी दिनुभयो ।
अहिले बागमती नदीको गोकर्ण-गुहेश्वरी, तिलगंगा-मिनभवन खण्डको दायाँबायाँ
किनारमा नदीनियन्त्रण, ड्याम, मुख्य ढल, लेन सडक र हरित क्षेत्र लगायतका
पूर्वाधार निर्माणका काम भैरहेको छ । गोकर्ण-गुहेश्वरी खण्डमा धेरै काम
सकिएकाले त्यहाँको पानी सफा छ । बागमती सफाइमा सुकुम्बासी वस्ती
व्यवस्थापन, अवैध बालुवा चोरी निकासी र उत्खनन् लगायतका मुख्य समस्या
रहेको सरोकारवालाहरुको भनाइ छ ।

No comments:

Post a Comment