Sunday, May 19, 2013

श्रीमानद्वारा गोली हानी श्रीमतीको हत्या

लहान - लहानबाट ३ किलोमिटर दक्षिणको गाढा-९ मा आज विहान श्रीमानले
श्रीमतीलाई गोली हानी हत्या गरेका छन्। ३२ वर्षीया बबिता महतोलाई उनको
श्रीमान श्यामसुन्दर महतोले गोली हानी हत्या गरेका हुन्।
वडा प्रहरी कार्यालय लहानका डिएसपि हरिराज वाग्लेका अनुसारघटना करिब १
बजे राती भएको थियो।३ सन्तानकी आमा बवितालाई हत्या गरी तीनै जना बच्चालाई
श्यामसुन्दरले सोही गाउ वडा नम्बर ३ मा लगेर छाडी भागेका थिए। 'मैले
उनीहरुको आमालाई मारिदिएँ', भन्दै श्यामसुन्दर बच्चाहरुलाई छाडेर भागेको
प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ।
खबर पाएर घटनास्थल पुगेका प्रहरीले घर खानतलासको क्रममा गोलीको खोका एक
राण्ड, म्यग्जिन एक थान, एक थान नलकटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद
गरेको डिएसपी वाग्लेले बताए। फरार श्यामसुन्दरको खोजी भैरहेको प्रहरीले
जनाएको छ ।

No comments:

Post a Comment