Wednesday, May 22, 2013

हेलिकप्टर खसेको गलत हल्ला फैलाउने पक्राउ

ओखलढुंगा, जेष्ठ ८ - ओखलढुंगाको रानिवनमा मंगलबार हेलिकप्टर खसेको गलत
हल्ला फैलाउने स्थानीय राजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीलाई टेलिफोन गरी श्रेष्ठले फुलबारी १ र रानीवन ४ को सिमानामा पर्ने
मरियाडाँडामा हेलिकप्टर खसेको जानकारी दिएका थिए । उक्त सूचनापछि प्रहरी
टोली घट्नास्थल तर्फ भएको थियो भने त्यस हल्लाले सबैतिर सनसनी फैलाएको
थियो ।
उनलाई मंगलबार साँझ नै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरीका निरिक्षक
भगिरथ रेग्मीले बताए । प्रहरीको टोली घटनास्थल पुगेपछि मात्र हल्ला गलत
भएको पुष्टि भएको थियो ।
प्रकाशित मिति: २०७० जेष्ठ ८ १२:३८

No comments:

Post a Comment