Sunday, September 30, 2012

आफ्नै श्रीमती र छोरा मिलेर गरे एक व्यक्तिको हत्या

१४ असोज,इलाम । इलामको वरवोटे-५ का ६० वर्षिय तोपप्रसाद दुलालको हत्याको
आरोपमा उसकै कान्छा छोरा चिरञ्जीवी दुलाल र जेठी श्रीमती मोतीमाया दुलाल
पक्राउ परेका छन्। । गत भदौ २९ गते भएको हत्या मृत्यृ भएको पनिढाकछोप
गरिदै आएकोमा मृतकका कान्छी छोरी भेषकुमारी दुलाले प्रहरीमा उजुरी दिएपछि
प्रहरीले श्रीमती र छोरालाई पक्राउ गरेको छ। उनिहरुलाई असोज ११ गते
पक्राउ गरिएको हो ।
प्रहरीले हत्या नै गरिएको आशंका गरिएको छ। मृतकको नाक र खुट्टा भाँचिएको थियो।
मृतकका जेठा छोराले समेत बुबाको हत्या भएको र हत्या आमा र भाइले गरेको
आरोप लगाएका छन् । उनका अनुसार भाइ-आमा र बुबाको झगडा भइरहन्थ्यो।
Comments:

No comments:

Post a Comment