Saturday, February 13, 2016

मलेसियामा अवैधानिक कामदारको पुनः दर्ता ‘माइ इजी’ ले गर्ने

१ फागुन, काठमाडौं । मलेसियन सरकारले गैरकानुनी विदेशी कामदारलाई वैधानिकता दिने प्रक्रिया अघि बढाउन ‘माइ इजी सर्भिसेज’ लाई जिम्मेवारी दिएको छ । मलेसियामा सुरु हन लागेको पुनः रोजगारी कार्यक्रमका लागि अवैधानिक कामदारको पुनः दर्ता गर्न ‘माइ इजी’ ले जिम्मा पाएको हो । यो कम्पनी यसअघि पनि अैवधानिक कामदारको वैधानिकीकरण र आममाफी प्रक्रियमा सामेल भएको थियो । कम्पनीले फेब्रुअरी १५अर्थात आगामी सोमबारदेखि अवैध कामदारको पुनः दर्ता प्रक्रिया थाल्नेछ । आगामी मार्च ४ सम्म पुनः दर्ताको समय दिइएको ‘दमलेसियनइन्सिडर’ डटकमले जनाएको छ । यसअनुसार अब रोजगारदाताले सिधै अनलाइनमार्फत् अाफ्ना अवैधानिक विदेशी कामदारको विबरण अपडेट गरेर वैधानिकीकरण गर्न सक्नेछन् । सरकारले आममाफी र बैधानिक बनाउने प्रक्रियामा दलालको संलग्नता नरहने गरी अनलाइनमार्फत प्रक्रिया अघि बढाएको हो। दलालकै कारण धेरै विदेशी कामदारले पैसा तिरेर पनि वैधानिक हुन नसकेको भन्दै रोजगारदाताले अनलाइन आबेदन गर्ने ब्यवस्था गरिएको मलेसियाका गृह मनत्रालयले जनाएको छ । अनलाइन प्रक्रियाबाट रोजगारदाताले प्रमाणीकरण गर्दा कुनै पनि जरिवाना लाग्नेछैन । तर, सरकारले तोकेअनुसारको लेभी भने बुझाउनुपर्नेछ । मलेसियमा हजारौं नेपाली कामदार पनि अवैधानिक रुपमा बसिरहेका छन् । उनीहरुका लागि आफ्ना रोजगारदातामार्फत वैधानिक हुन पाउने बाटो खुल्दैछ । source onlinekhabar.com

No comments:

Post a Comment