Wednesday, May 22, 2013

पर्शुराम र गणेश लामालाई एमाले र फोरमको संरक्षण जारी

८ जेठ, काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले आइतबार मुद्दा दायर गरेपछि
फरार रहेका पर्शुराम बस्नेत, गणेश लामा र दीपक मनाङेबारे उनीहरु संलग्न
तीनवटै पार्टीले अहिलेसम्म एक शब्द बोलेका छैनन् । बस्नेत एमालेका, लामा
लोकतान्त्रिक फोरमका र मनांगे कमल छाराहाङ अध्यक्ष रहेको संघीय
लोकतान्त्रिक राष्ट्रिय पार्टीका नेता हुन् । गुण्डागर्दीर्बाट अकूत धन
आर्जन गरेको भन्दै करोडौंको बिगोसहित आइतबार विशेष अदालतमाउनीहरुविरुद्ध
मुद्दा लागेपछि एमाले, फोरम र संघीय पार्टी कसैले पनि अभियुक्तको वचाऊमा
प्रतिक्रिया दिने आँट गरेका छैनन् । तर नेताहरुले डनलाई पार्टीबाट
निलम्बन गर्ने हिम्मत पनि अहिलेसम्म देखाउन सकेका छैनन् ।
अभियुक्त पर्शुराम बस्नेत नेकपा एमाले समर्थित युवासंघकाकेन्द्रीय
सदस्यका साथै मोरंग जिल्ला कमिटीका सदस्यसमेत हुन्। गत बैसाखमा आयोजित
एमाले मोरङ्गको बैठकमा बस्नेतले 'मेरो सर्वस्वहरण भयो, म जिउँदो सहीद
बनें' भन्दै गुनासो गरेका थिए । आफूलाई अदालतले निर्दोष सावित गरेको
भन्दै 'डन'को आरोप लगाउनेहरुले माफी माग्नुपर्ने बस्नेतको जिकिर थियो ।
तर, पत्रकार खिलनाथ ढकालमाथिको कुटपिटमा अदालतले सफाइ दिए पनि बस्नेतले
कमाएको सम्पत्तिको वैधतामाथि प्रश्न उठेपछि अहिलेउनी श्रीमतीसहित भूमिगत
भएका छन् । विशेष अदालतमा मुद्दा दर्ता हुनुअघि उनले मोरंगमा तस्वीर
सहितको पोष्टर बनाएर आमसभामा भाषण गर्ने तयारी गरेका थिए ।
शुद्धीकरण विभागले पक्राउ नै नगरी मुद्दा दर्ता गरेका कारण बस्नेतलाई
भूमिगत हुन सजिलो भएको छ । तर, बस्नेतविरुद्ध मुद्दा परेपछि एमाले
पार्टीले अहिलेसम्म उनलाई निलम्बन गर्नेनिर्णय नगरेका कारण उनलाई जोगाउन
नेकपा एमालेसमेत लागिपरेको अनुमान गर्न थालिएकोछ । त्यसो त एमालेले
प्रहरुकिो खोजीको सूचिमा रहेका बाहुन डन भनिने रमेश पौडेललाई पनि
अहिलेसम्म एमालेले नै संरक्षण गर्दै आएको छ । बस्नेतमाथि कारवाही हुन्छ
कि हुँदैन भन्ने अनलाइनखबरको प्रश्नमा एमाले अनुशासन विभागका प्रमुख
अमृतकुमार बोहोराले यसबारे मोरंग जिल्ला कमिटीलाई सोध्नुपर्ने तर, आफूले
सोधिनसकेको बताउनुभयो । उहाँलेले भन्नुभयो- 'कारवाही त हुन्छ होला, तर
यसबारे कुनै निर्णय भएको छैन ।'
शुद्धीकरण विभागद्वारा २७ करोडको बिगोसहित मुद्दा दायर गरिएका गच्छदार
नेतृत्वको फोरमका केन्द्रीय सदस्य गणेश लामालाई पनि प्रहरीले उम्कने मौका
दिएको छ । लामालाई पनि गच्छदारले अहिलेसम्म निलम्बन नगरी संरक्षण
गरिराखेका छन् । गणेश लामा केन्द्रीय सदस्य रहेको मधेसी जनअधिकार फोरम
लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष रामेश्वर राय यादवलेभने आरोप
लाग्दैमा लामालाई पार्टीबाट हटाउन जरुरी नभएको जिकिर गर्नुभएको छ ।
यादवले अनलाइनखबरसँग भन्नुभयो- 'यसबारे आगामी दिनमा राजनीतिक समितिको
बैठकमा छलफल गरिन्छ । तर, आरोप लाग्दैमा पार्टीबाट हटाइहाल्नुपर्छ भन्ने
छैन ।'
उता दीपक मनांगे मोरंगका झोडे नेता कमल छाराहाङ अध्यक्ष रहेको संघीय
लोकतान्त्रिक राष्ट्रिय पार्टीका उपाध्यक्ष हुन् । उनलाई पनि सो पार्टीले
अहिलेसम्म उपाध्यक्षबाट निलम्बन गरेको छैन । पूर्व माओवादी थारु नेता
लक्ष्मण चौधरीले मनांगेलाई पार्टीमा भित्र्याएको भए पनि चौधरीले यौनकाण्ड
लागेपछि छाराहाङ पार्टी छाडिसकेका छन् । मंनांगेको पार्टीको महासचिवमा
छवि सङ्बाहाङ्फे रहेका छन् । काठमाडौंमा मुद्दा दर्ता हुनुभन्दा अघिल्लो
साता मनांगेझापामा देखापरेको स्रोत बताउँछ।
बस्नेतका दुई श्रीमती रहेको खुलासा
डनहरुका लागि तीन चिज महत्वपूर्ण मानिन्छन्, सूरा, सुन्दरी र सम्पत्ति ।
आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा मुद्दा दायर
गरिएकामध्ये एमालेम समर्थित युवा संघका केन्द्रीय सदस्य एवं एमाले मोरंग
जिल्ला किमटी सदस्य पर्शुराम बस्नेतको पनि अकूत सम्पत्तिका साथै दुईवटी
श्रीमती रहेको रहस्य खुलेको छ । यद्यपि शुद्धीकरण विभागले बस्नेत र उनकी
एउटी पत्नीलाई मात्रै प्रतिवादी बनाएको छ ।
विशेष अदालतमा दायर गरिएको मुद्दामा ३६ वषर्ीय बस्नेतकी २८ वर्षीया
श्रीमती अञ्जुसिंह बस्नेतलाई पनि प्रतिवादी बनाइएको छ । तर, अभियोगपत्रको
११औं पृष्ठमा विमित व्यक्तिको सूचीमा बस्नेतकी अर्की श्रीमतीको पनि नाम
उल्लेख छ । सोपृष्ठमा विमित व्यक्ति जया पोखरेललाई बस्नेतकी श्रीमतीका
रुपमा नाता खुलाइएको छ । श्रीमती पोखरेलले विमावापत ६ हजार ९ सय ९५
रुपैयाँ भुक्तानी गरिएको उल्लेख छ । सिद्धार्थ इन्स्युरेन्समा जयासँगै
पर्शुरामले पनि विमा गराएका छन् । अर्की श्रीमती अञ्जुका नाममा भने
दुईपटक गरी १ लाख ५ हजार भुक्तानी देखाइएको छ । छोरी हिना बस्नेतका नाममा
१ विमावापत १ लाख २३ हजार ८ सय ६१ भुक्तानी गरिएको अभियोगपत्रमा उल्लेख छ

घडेरी नै घडेरी
अभियोगपत्रमा पर्शुराम र अन्जुबाहेक अरुका नाममा सम्पत्ति नखुलेको उल्लेख
छ । जयाका नाममा पनि सम्पत्ति नदेखिएकाले उनीविरुद्ध अभियोग दर्ता
नगरिएको हो । अञ्जु र पर्शुरामका नाममा सिद्धार्थ डेभलपमेन्ट, एभरेष्ट,
नबिल, लक्ष्मी बैंक, बिराटलक्ष्मी बिकास बैंकमा खाता फेला परेका छन् ।
पर्शुरामका नाममा मोरंगको कञ्चनवारीमा ५ कित्ता जग्गा देखिएको छ ।
त्यसैगरी बिराटगनर १० मा बस्नेतले ०६६ सालमा ५/५ लाखमा दुई कित्ता जग्गा
खरिद गरेको पाइएको छ । सोही साल बिराटगरको बखरीमा ७ कित्ता जग्गा
बस्नेतले लिएको भेटिएको छ ।
बिराटनगर १५ मा श्रीमती अञ्जुसिंह बस्नेतका नाममा २८ लाखको अचल सम्पत्ति
फेला परेको अभियोगपत्रको ९ औं पृष्ठमा उल्लेख छ । चरिकोटमा बस्नेतले ०६७
सालमा ४ लाखको जग्गा किनेको पाइएको छ । सामान्य आर्थिक अवस्थाका बस्नेतको
एड्जोन एडभरटाइजिङ नामको विज्ञापन एजेन्सीसमेत रहेको अभियोग पत्रमा
उल्लेख छ, जसका नाममा बस्नेतले सिद्धार्थ बैंकमा २३ लाख ९८ हजार भन्दा
बढी जम्मा गरेका छन् । त्यस्तै बस्नेतको पिआर हार्डवेयवरका नाममा मात्रै
सिद्धार्थ डेभलपमेन्ट बैंकको खातामा ३ करोडभन्दा बढी रकम भेटिएको छ
http://www.onlinekhabar.com/2013/05/73546/

No comments:

Post a Comment