Friday, May 31, 2013

गुण्डागर्दी आरोपमा युवा संघका केन्द्रीय सचिव प्रहरी नियन्त्रणमा

काभ्रे, जेष्ठ १७ - टेण्डरमा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ५ जनालाई
नियन्त्रणमा लिएको छ । एमाले निकट युवा संघ नेपालका केन्द्रीय सचिव
चन्द्र लामा सहित ५ जनालाई धुलिखेल २८ किलोबाट नियन्त्रणमा लिएको हो ।
'टेण्डर दर्ता गराउने स्थानमा कानुन बिपरीतको काम गर्ने ५ जनालाई
नियन्त्रणमा लिएका छौ', जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णजी
अधिकारीले भने 'घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।' पनौतीमा रंगशाला
बनाउन सहरी विकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय काभ्रेमा
शुक्रवार दिउँसो टेण्डर दर्ता गराउँदा उनीहरुले गुण्डागर्दी गरेको आरोप
प्रहरीको छ । टेण्डर ८ करोड७८ लाख रुपैयाँको हो ।
लामालाई प्रहरीले नियन्त्रण लिएलगत्तै छुटाउन एमालेका जिल्ला नेतासहित
युवाहरु ठुलो संख्यामा प्रहरी कार्यालय पुगेका थिए । प्रहरी स्रोतका
अनुसार उनीहरुले लामालाई कुनै कारवाहीबिना तत्काल छोड्न चर्को राजनीतिक
दबाब दिएका थिए । लामाले आफुहरुले कुनै गलत कामनगरेको दाबी गरेका छन ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी नायब निरीक्षक दिपेन्द्र बहादुर
चन्दको नेतृत्वको टोलीले उनलाई नियन्त्रणामा लिएको हो ।

No comments:

Post a Comment