Saturday, July 28, 2012

भूकम्पले एकको मृत्यु

धनगढी, साउन १३ - आज बिहान आएको भूकम्पको झट्काको कारण खसेकोढुङ्गा लागेर दार्चुलामा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार भीरमा घाँस काट्दै गरेकी ब्रह्मदेवगाविस- ३ की ४५ वर्षीया किडी कार्कीको भूकम्पको झट्काले माथिबाट खसेको ढुङ्गा लागेर घटनास्थलमै मृत्युभएको हो।
आज बिहान ११:३० बजेको समयमा आएको भूकम्पको झट्का सदरमुकाममा दुई पटक महसुस गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक देवबहादुर बोगटीले बताए ।
सीमापारी भारतका डाँडाहरुमा भूकम्पको झट्काका कारण चट्टानहरु खसेको देखिएको भए पनि दार्चुला सदरमुकाम र आसपासको क्षेत्रहरुमा भौतिक क्षति पुगेको खबर प्राप्त नभएको बताए ।
'दुईतीन पटक झट्का महसुस गरिए पनि अन्य क्षतिको विवरण प्राप्त भएको छैन,' बोगटीले भने । रासस

No comments:

Post a Comment