Friday, May 31, 2013

सुर्तीजन्य पदार्थको सेवनबाट दैनिक ४६ नेपालीको मृत्यु

१७ जेठ, काठमाण्डौं । नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट प्रत्येक दिन
४६ जनाको ज्यान जाने गरेको छ । विश्व स्वास्थ्य संगठनले चुरोट, बिँडी,
सिगार, पाइप, हुक्का, पानपराग, खैनी र गुट्खाजस्ता सुर्तीज्न्य पदार्थको
सेवनबाट लाग्ने रोगका कारण बाषिर्क १७ हजारभन्दा बढीको ज्यान जाने गरेको
बताइएको छ ।
संगठनले कुल जनसंख्याको ३७ प्रतिशत अर्थात साढे ९८ लाख नेपाली सुर्तीजन्य
पदार्थको प्रयोगकर्ता रहेको जनाउँदै प्रयोगकर्ताको संख्या बढ्दो अवस्थामा
रहेको नयाँ पत्रिका दैनिकमा खबर छ । त्यस मध्ये २३ दशमलब ८ प्रतिशतले
धुपमान अर्थात चुरोट बिँडीको मात्रै प्रयोग गर्ने पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बर्षअघि गरेको अध्ययनबाट
ग्रामीण क्षेत्रमा ३३ प्रतिशत सहरी क्षेत्रमा २० प्रतिशत महिला
सुर्तीजन्य पदार्थको अम्मली रहेको देखाएको छ ।

No comments:

Post a Comment