Tuesday, May 21, 2013

कोरियामा नेपालीद्वारा आत्महत्या

सोल, जेष्ठ ७ - ईपीएस मार्फत रोजगारी गर्न कोरियामा एकनेपालीले झुन्डिएर
आत्महत्या गरेका छन् । गुल्मी हर्दीनेटा ६ का अर्जुन पन्तले झुन्डिएर
आत्महत्या गरेका हुन् ।
१ बर्ष १० महिनाअघि आएका २३ बर्षीय पन्त थेगुस्थित मिहोङ सानप नामक कपडा
उद्योगका कामदार हुन् । पन्तका सहकर्मी एक नेपालीका अनुसार उनि पेट
सम्बन्धी बिरामी भएकाले उपचारक्रममा थिए ।
अस्वस्थ भएपछि बिदामा घर जान कम्पनीले शुक्रबारको टिकट व्यवस्था
गरिदिएको भए पनि मंगलबार बिहान ६ बजे कम्पनीको गाडि पार्किङ गर्ने ठाउँमा
झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
उनका साथीले पन्तका परिवारलाई सम्पर्क गरिसकेका छन् । उनी हालसम्म
अबिबाहित थिए । मानसिक तनावका कारण बिगत एक महिनादेखी सुत्न नसकेको उनका
साथीले बताए । शव प्रहरीले त्यहाको एक अस्पतालमा राखेको छ ।
रात्री र दिवा काम हुने सो कम्पनीमा पन्त सहित ३ जना नेपाली कार्यरत
थिए । घटनाको बुझ्न भोलि बिहान सोलस्थित नेपाली दूताबासका श्रम सहचारी
अनिलकुमार गुरुङ जाने भएका छन् ।source ekantipur.com

No comments:

Post a Comment