Tuesday, May 21, 2013

सडक बगाएपछि यातायात अवरुद्ध

७ जेठ, नवलपरासी । नवलपरासीमा परेको अविरल बर्षपछि आएको बाढीले सडक
बगाउँदा महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासी सडक खण्ड अवरुद्ध भएको छ ।
नवलपरासीको लोकाहा खोलामा बनाइएको डाइभर्सन बगाएपछि उक्त सडकखण्डमा आज
यातायात सेवा अवरुद्ध भएको हो ।
बाटो अवरुद्ध भएपछि महेन्द्रराजमार्ग भएर हिड्न लामो तथा छोटो दूरीका
यात्रुहरु अलपत्र परेका छन् । नारायणगढको कावासोती खण्डमा सायौं सवारीका
साधान रोकिएका छन् भने पानी रहेपछि बाटो खुलाउने तयारी भइरहेको प्रहरीले
जनाएको छ ।
एक बर्ष अघि लोकाह पुल भाँचिएपछि नदी भएकै स्थानबाट वैकल्पिक रुपमा
डाइर्भसन निर्माण गरिएको थियो ।

No comments:

Post a Comment