Tuesday, May 21, 2013

श्रीलंकामा साढे ६ अर्बको सिमेन्ट उद्योग खोल्दै बिनोद चौधरी

७ जेठ, काठमाडौं । विभिन्न मुलुकमा उद्योग व्यापार सञ्चालन तथा विस्तार
गरी विश्वका डलर अर्बपतिको सूचीमा परेका नेपालको प्रमुख औद्योगिक घराना
चौधरी समूहका प्रेसिडेन्ट बिनोद चौधरीले श्रीलंकामा करिबसाढे ६ अर्बको
लगानी थप्ने भएका छन् । त्यहाँको समाचार पोर्टल डेली मिररले जनाएअनुसार,
उनले त्यहाँ नयाँ सिमेन्ट उद्योगमा लगानी गर्दैछन् ।
उनले ७ करोड ५० लाख डलरको सिमेन्ट उद्योग खोल्न श्रीलंकाली सरकारसँग
अनुमति माग गरेको समाचारमा जनाइएको छ । प्रस्तावित लगानीसहित चौधरीको
श्रीलंकामा कुल लगानी २ सय मिलियन डलर -करिब १७ अर्ब) रुपैयाँ पुगेको छ ।
चौधरीले श्रीलंकामा सन् २००० बाट लगानी थालेका हुन् । ताज लंका होटलमा
उनले पहिलो लगानी गरेका थिए । चौधरीको कम्पनी सिनोभेसनले जेटविङ समूहसँग
संयुक्तअनुक्रममा रियलस्टेटमा लगानी गरेको छ ।
श्रीलंकामा गरेको लगानीलाई गर्व र चुनौतीको रुपमा लिएको चौधरीले समाचार
पोर्टललाई प्रतिक्रिया दिएकाछन् । 'श्रीलंका तीव्र आर्थिक वृद्धिको
क्रममा रहेको मुलुक हो, यहाँ लगानी गर्ने चुनौती सामना गरेर सफलता हासिल
गर्न सकिन्छ भन्ने मलाई आत्मविश्वास छ', उनले भन्नुभएको छ ।
चौधरी समूहले बैंक, खाद्यान्न, सिमेन्ट, विद्यूतीय सामग्री, दूरसञ्चार,
ऊर्जा, शिक्षा, आयुर्वेद, अस्पताललगायतका क्षेत्रमा ८५ वटा कम्पनीमार्फत
लगानी गरेका छन् ।

No comments:

Post a Comment