Tuesday, May 21, 2013

वैदेशिक रोजगारीमा ‘टुरिष्ट’का दिन सकिए

७ जेठ, काठमाडौं । के तपाई टुरिष्ट भिसा लिएर रोजगारीका लागि विदेश जाँदै
हुनुहुन्छ ? अब होस गर्नुहोला । तपाई नक्कली टुरिष्ट हो भन्ने थाहा
पाउनासाथ विदेश पुग्न नपाउँदै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै
प्रहरीले घर फर्काइदिनेछ ।
नक्कली टुरिष्ट बनेर वैदेशिक रोजगारीमा जाने र विदेशमा अवैधानिक नेपाली
कामदारको समस्या बढ्न थालेपछि नेपाल सरकारले यसमा कडाइ गरेको हो ।
सरकारले टुरिष्ट भिसामा विदेश जान रोक लगाएपछि केही मेनवापावरको धन्दामा
नकारात्मक प्रभाव परेको छ । टुरिष्ट भिसामा विदेश गएर नर्फकने अनि
विदेशमा अवैध कामदारको बस्न थालेपछि सरकारले कडाइ गरेको हो ।
परराष्ट्र मन्त्रालयसमेतको उच्चस्तरीय निर्णयका आधारमा त्रिभुवन
विमानस्थल अध्यागमन कार्यालयमा टुरिष्ट भिसामा विदेश जान खोज्नेहरुमाथि
निगरानी बढाइएको छ । उच्चस्रोतका अनुसार टुरिष्ट भिषामा विदेशी जाने
खोज्नेहरुलाई जान लागेको मुलुकमा रहेको नेपाली दूताबासबाट स्पोन्सर
लेटरसमेत ल्याउनभनिनेछ ।
'टुरिष्ट भिसामा जाने र उतै हराउने गरेपछि निगरानी गर्न लागिएको हो'
परराष्ट्रका प्रवक्ता अर्जुनबहादुर थापाले अनलाइनखबरसँग
भन्नुभयो-'पछिल्लो दिनमा मेनपावर कम्पनीले कामदारहरुलाई टुरिष्ट भिसामा
लैजाने र बिचल्ली पार्ने क्रम बढेको छ ।' उहाँका अनुसार साँच्चै घुम्नकै
लागि वा आफन्तले बोलाएर टुरिष्ट भिसामा जान खोज्नेहरुलाई भने आवश्यक
प्रमाण जुटाएपछि विदेश जान दिइने गरिएको छ ।
त्रिभुवन विमानस्थलका डीआईजी विज्ञानराज शर्माले पनि टुरिष्ट भिसामा
झुक्याएर वैदेशिक रोजगाीमा जानेमाथि निगरानी बढाइएको बताउनुभयो ।
'नेपालीले विदेशमा गएर अवैधानिकरुपमा काम गर्दा दुख्न नपाउन् भन्ने
उद्देश्यले कडाइ गरिएको शर्माको कथन छ । परराष्ट्र मन्त्रालय,
गृहमन्त्रालय र अर्थमन्त्रालयसमेतको उच्चस्तरीय निर्णयका आधारमा यस्तो
कडाइ गरिएको उहाँले जानकारी दिनुभयो । पूर्व परराष्ट्रमन्त्री नारयणकाजी
श्रेष्ठकै पालादेखि यस्तो निर्णय भएको शर्माको भनाइ छ । तर, असली
टुरिष्टहरुलाई भने नरोकिएको उहाँले बताउनुभयो ।
टुरिष्ट भिसामा कामदार विदेश पठाउने क्रम रोकिएपछि दिनहुँजसो
विमानस्थलबाटै कामदारहरु फर्काइने क्रम बढेको छ । पछिल्लो समयमा मलेसिया
जान भन्दै टुरिष्ट भिसा लिएर विमानस्थल पुगेका नेपाली कामदारलाई
विमानस्थलले फिर्ता पठाइदिएको छ ।

No comments:

Post a Comment