Wednesday, May 8, 2013

अब एसएमएसबाटै श्रम स्वीकृतिको जानकारी

२५ वैशाख, काठमाण्डौं । वैदेशिक रोजगारमा जान चाहने कामदारले अब
एसएमएसमार्फत आफ्नो श्रम स्वीकृतिको बारेमा जानकारी पाउने भएका छन् ।
वैदेशिक रोजगार विभागले विदेश जान चाहने कामदारलाई एसएमएसमार्फत आफु जान
लागेको देश, कम्पनी, तलब सुविधालगायत जानकारी उपलब्ध गराउन लागेको हो ।
एसएसएसमार्फत श्रम स्वीकृतिका बारेमा जानकारी गराउने तयारी अन्तिम चरणमा
पुगेको विभागले जानकारी दिएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
म्यानपावर एजेन्सीले श्रम स्वीकृति लिने क्रममा कामदार र विभागलाई फरक
फरक किसिमको जानकारी दिने प्रवृत्ति बढेपछियस्तो व्यवस्था गर्न लागिएको
हो ।

No comments:

Post a Comment