Saturday, May 18, 2013

अश्लील भिडियो खिचेर बार्गेनिङ

४ जेठ, काठमाण्डौं । नेपाली युवाले विदेशमा गएर काम नपाएको धेरै गुनासो
आइरहेका बेला नेपाली युवाहरु विरुद्ध पनि उजुरी आउनेक्रम बढेको छ ।
नेपाली केही युवाले विभिन्न अपराधिक क्रियाकलाप गरेका कारणउनीहरु विरुद्ध
उजुरी आउन थालेको अन्नपूर्ण पोष्टमा खबर छ । लमजुङ भोटेओडार ८ का
बिजेन्द्र थापा दुवईको एक व्यापारी मिरवाइज अजिजीको निजीसचिवालयमा
सहयोगीका रुपमा काम गरेका थिए । केही समयअघि उनी विभिन्न बाहाना बनाएर
स्वदेश फर्किए । उनी फर्किएको केही महिनापछि गत पुसमा अजिजी नेपाल आएर
थापा विरुद्ध प्रहरीमा उजुरी हाले । माघ २ मा पक्राउ परेका थापाले घटनाको
रहस्य यसरी खोले, 'अजिजीले पीएसँग यौन क्रियाकलाप गरेको भिडियो मैले
खिचेको थिएँ ।
उक्त कम्पनीमा कार्यरत रहँदा चियासहित आवश्यक सामान लिएर अजिजीको
कार्यकक्षमा निर्वाध प्रवेश गर्न सकने थापाले अजिजी र उनकी टर्किस
पीएबीचको यौन क्रियाकलापको २२ मिनेटको भिडियो मोवाइलमा खिचेका थिए ।
यसपछि उक्त भिडियो लिएर नेपाल फर्किएका थापाले नेपालबाटै अजिजीसँग रकमको
बार्गेनिङ थालेका थिए । यो प्रकरणमा अनुसन्धान गरिरहेका नेपालका प्रहरी
केन्द्रीय अनुसन्धान व्युरो प्रमुख डीआईजी केशबहादुर शाहीले भने, 'थापाले
अश्लील भिडियो खिचेर ब्ल्याकमेल गरी पैसा असुल गर्ने नियत बनाएको देखिन्छ

यसरी रोजगारीका लागि विदेश गएका केही नेपाली कामदार छिटो कमाउन आपराधिक
गतिविधिमा संलग्न हुँदा इमानदार कामदारलाई भने नियमित काम गर्न समस्या
हुने गरेको छ ।

No comments:

Post a Comment