Wednesday, May 22, 2013

नारायण गोपालको गीत गाउन थाले एमाले नेता

झलनाथले जस्केलाबाट खेदेको नेपालको आरोप
८ जेठ, काठमाडौं । एमाले नेता प्रदीप नेपालले पार्टी अध्यक्षझलनाथ
खनाललाई मिखाइल गोर्भाचोभको संज्ञा दिँदै कहिले फागुन आउला र उहाँलाई
हटाउन पाइएला भन्ने प्रतिक्रिया दिनुभएको छ ।
खनालनिकट मानिएकी पोलिटब्यूरो सदस्य उर्मिला अर्यालले पार्टीपरित्याग
गर्दा पनि खनाललाई कुनै वास्ता नभएको र उल्टै जस्केलाबाट मान्छे खेद्ने
अभियानमा खनालपक्ष लागेको नेपालको आरोप छ । 'इतिहासले हाम्रा अध्यक्षलाई
एक दिन मिखाइल गोर्भाचोभको मातहतमा राख्नेछ ।' नेपालले भन्नुभएको छ-'यति
तीतो पोख्न मन थिएन यो अवकाश लिने उमेरमा । आज बिहान मनै भरङ्ग पार्ने
गरी आएको समाचारले हतास र उदास बनाएको छ ।'
नेता नेपालको भनाइ छ – 'उहाँ (खनाल) कै समूहमा रहेकाहरु लगालग माओवादी र
संघवादीतिर गैरहेका छन् । उहाँलाई कुनै वास्ता भएको पनि देखिँदैन । उल्टै
उहाँको गुटका कार्यकर्ताहरु जस्केलाबाट मान्छे खेद्ने अभियानमा पो लागेका
रहेछन् ।' नेपाल थप्नुहुन्छ- '०३४ सालदेखि सहकार्य गरिरहनु भएका साथीले
मनको बह पोखेपछि कहिले फागुन आउला भन्ने प्रतिक्षामा बसेको छु ।'
साहित्कारसमेत रहनुभएका नेता नेपालले आफूलाई अकस्मात दिमागमा नारायण
गोपालको गीत उदाएको बताउँदै फेसबुकमा लेख्नुभयो-'एउटा मान्छेको मायाले
कति फरक पार्दछ जिन्दगीमा !'
नेता नेपालले फेसबुकमा यस्तो स्टाटस लेखेपछि एमालेवृत्तमा हल्लीखल्ली
मच्चियो । 'साथीहरुले गुनासो गर्नुभएपछि मैले यो स्टाटस हटाइदिएँ ।'-
नेता नेपालले अनलाइनखबरसँग भन्नुभयो-'नेताहरुले पार्टीमा आदिवासी
जनजातिको आवाज र भावनालाई सम्मान गर्न सक्नुभएन।'
अहिल्यैबाट खनाललाई हटाउने खेलशुरु
यसैवीच बुटवल महाधिवेशनको कार्यकाल समाप्त हुन ९ महिना बाँकी नै रहँदा
अध्यक्ष खनाललाई अध्यक्षबाट हटाउन एमालेमा खेल शुरु भएको छ । ०६५ फागुनको
पहिलो साता बुटवलमा आयोजित महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएका
खनालको ५ वर्षे कार्यकाल आगामी माघ महिनाको अन्तिमसम्म बाँकी छ । तर,
खनालले पार्टीलाई नेतृत्व दिन नसकेको र भड्खालोमा हालेको भन्दै ओली र
माधव नेपाल पक्षले महाधिवेशनकोमाग गर्न थालेको छ ।
आगामी कात्तिक वा मंसिरमा चुनाव हुने अवस्था आयो भने खनालकै नेतृत्वमा
चुनावमा जित्न नसकिने भन्दै ओली पक्षले चुनावअघि नै महाधिवेशन गर्नुपर्ने
माग अगाडि सार्न थालेको छ । महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेरमात्रै
चुनावमा जाने तयारी अनुरुप एमालेले चुनाव मंसिरबाट चैत्रमा सार्न खोजेको
स्रोतले अनलाइनखबरलाई बतायो । भावी महाधिवेशनमा केपी ओली पार्टी अध्यक्ष
बन्ने लगभग पक्कापक्कीछ ।
खनालको नेतृत्वमा एमाले कमजोर
पछिल्ला दिनमा एमाले अध्यक्ष भलनाथ खनालले पार्टीलाई गति दिन सक्नुभएको
छैन । अध्यक्ष भएलगत्तै उहाँले रुक्माङ्गद कट्वाल प्रकरणमा प्रचण्डलाई
धोका दिएपछि वाम गठबन्धनको सरकार ढलेको थियो । त्यसपछि एमाले नेता माधव
नेपालको नेतृत्वमा बनेको सरकारलाई खनालआफैंले ढालेको र माओवादीको भोट
लिएर आफैं सरकारमा गएको आरोप माधव नेपाल र ओलीपक्षले लगाउँदै आएको छ ।
एमाले अध्यक्ष खनालले शान्ति र संविधान निर्माणको प्रक्रियालाई अगाडि
बढाउन नसकेपछि उहाँको ठाउँमा बाबुरामभट्टराईको नेतृत्वमा सरकार गठनभयो ।
त्यसपछि उहाँले आन्दोलनबाटै सरकार ढाल्ने बताएपनि वीचैमा आन्दोलन छाडेर
प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने एमाओवादी प्रस्तावलाई पार्टीमा
अर्को विरोध हुँदाहुँदै समर्थन गर्नुभयो । त्यसपछि लोकमानसिंहकार्कीलाई
अख्तियरा प्रमुख बनाउने निर्णयमा पनि खनालले दोहोरो भूमिका खेलेर
पार्टीलाईबदनाम गराएको आरोप एमालेभित्रको अर्को पक्षले लगाउँदै आएको छ ।

No comments:

Post a Comment