Thursday, April 25, 2013

एउटै गाविसमा प्रतिमहिना साढे तीन करोड रेमिट्यान्स

गत चैतमा सोलुको सल्लेरीमा विभिन्न मनी ट्रान्सफरमार्फत साढे तीन
करोडभन्दा बढी रकम भित्रिएको हो ।
यस गाविसबाट विश्वका विभिन्न देशमा काम गर्न गएका युवायुवतीहरूले
प्रत्येक महिनामा पठाएको रकम साढे तीन करोडभन्दा बढी हुने गरेको छ ।
यहाँका युवायुवतीहरू अमेरिका, जापान, मलेसिया, कतार, साउदी अरब, दुवई,
न्युजिल्यान्ड, जर्मनी, अस्ट्रेलिया, दक्षिण कोरियालगायत अन्य देशमा
कामदारका रूपमा गएका छन् ।
पछिल्लो समयमा यस गाविसका स्थानीय बासिन्दाको आर्थिक भार रेमिट्यान्सले
धानेको सगरमाथा मर्चेन्ट बैंकका शाखा प्रबन्धक ज्ञानदीप राईले बताए ।
रेमिट्यान्स धेरै भित्रिने भएकाले यहाँ एक दर्जनभन्दा बढी मनी ट्रान्सफर
कम्पनीले शाखा खोलेका छन् ।

No comments:

Post a Comment