Sunday, March 17, 2013

चार निरीक्षक पक्राउ १० परीक्षार्थी निस्कासित

मिथिलेश यादव, सिरहा, चैत ४ - आइतबार सम्पन्न अनिवार्यगणित विषयको
परीक्षामा केन्द्रमा मर्यादा विपरित कार्य गर्ने चार निरीक्षक पक्राउ
परेका छन् भने चीट चोर्ने १० जना परीक्षार्थीलाई अनुगमन टोलीले निस्कासन
गरेको छ।जिल्लाको तीन परीक्षा केन्द्रबाटपक्राउ परेका निरीक्षकहरूलाई वडा
प्रहरी कार्यालय लहानको हिरासतमा राखिएको छ।
पडरियास्थित श्रीमावि थारुटोल परीक्षा केन्द्रबाट बेविन यादव, प्राविधिक
शिक्षालय परिक्षाकेन्द्रबाटप्रमोद कुमार यादव र राधेश्याम राय, पशुपति
उच्चमावि परीक्षा केन्द्रबाट अजय रामलाई परीक्षामा मर्यादा विपरित कार्य
गर्दै गर्दा निस्कासित गरी कारवाहिका लागि वडा प्रहरी कार्यालय लहानमा
राखिएको जिल्ला शिक्षा अधिकारी खडानन्द पाराजुलीले बताए।
पराजुलीका अनुसार, श्री मावि पडरीया थारुटोल परीक्षा केन्द्रबाट २ जना,
विष्णपुरकटीस्थित तुसडो उमावि परीक्षा केन्द्रबाट १ जना, प्राविधिक
शिक्षालय परीक्षा केन्द्रबाट ५ जना, वन्दिपुरस्थित नेराफुकु उमावि
परीक्षा केन्द्रबाट १ जना, माउण्ट एभरेष्ट उमावि परीक्षा केन्द्र
सिरहाबाट १ जना गरी १० जना परिक्षार्थी निस्कासित भएका छन्।

No comments:

Post a Comment