Sunday, March 17, 2013

नेपालीहरु समुद्रमा हाम्फालेर आत्महत्या गर्नेक्रम बढ्यो

४ चैत, अबुधाबी । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका
नेपालीहरुसमुद्रमा हाम्फालेर आत्महत्या गर्ने क्रम बढेको छ । तीन वर्षयता
दुबईमा आत्महत्या रदुर्घटनामा परी ज्यान गुमाउने नेपालीहरुको संख्या २ सय
२५ पुगेको छ । यो अवधिमा २९ नेपालीले आत्महत्या गरेका छन् । राम्रो कमाइ
गर्ने र परिवारमा सुख सम्वृद्धि ल्याउने उद्देश्यले दुबई आएका
नेपालीहरुले सोचेअनुरुप कमाउन नसकेपछि निराश भई आत्महत्या गर्ने क्रम
कहालीलाग्दो बनेको दुतावासकाकर्मचारीहरु बताउँछन् ।गएको ३ बर्षमा यता २९
नेपालीले आत्महत्या गरेको तथ्य बाहिर आएको छ । यहाँस्थित नेपाली
दुतावासले सन् २०१० यता २ सय २५ जनाले ज्यान गुमाएको बताएको छ । यसमध्ये
झण्डै दुर्यदर्जनले विरक्तिएर समुद्रमा हामफालेर आत्महत्या गरेका छन् भने
केहीले झुण्डिएर त केहीले आफैलाइ छुरा प्रहार गरेर आत्महत्या गरेको
जनाइएको छ ।
आत्महत्या गर्नेमध्ये सबैजसोले परदेश आएपछि समस्यासमाधान हुनुको सट्टा झन
बढ्दै गएपछि आत्महत्या गर्ने गरेको दुतावासका प्रथम सचिव लोकबहादुर
क्षेत्री बताउनुहुन्छ ।मृत्यु भएकाहरुको शव नेपाल पठाउने कार्यमा विगत ४
बर्षदेखि खटिरहनुभएका क्षेत्रीका अनुसार आत्महत्याको कारण आर्थिक
विाष्यसँगै बढी जोडिने गरेको छ । नेपालमा मेनपावरले भनेबमोजिम विदेशमा
तलब नपाएको, सोचेअनुरुप काम नभएको र नेपालमा रहेका आफन्त एवं श्रीमतीले
धोका दिएकै कारण अधिकांशले आत्महत्या गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
दुतावासको तथ्याड्क अनुसार सन् २०१० मा मात्रै १२ जनाले आत्महत्या गरेका
छन् । सन् २०१० मा दुबईमा ८८ जना नेपालीले ज्यान गुमाएका थिए । यसैगरी
सन् २०११ मा११ जना र २०१२ मा ५ जना नेपालीले आत्महत्या गरेका छन् ।हजारौ
खर्च गरेर र साहुसँग ऋण गरेर विदेश आएकाहरुले कमाइको सट्टा ऋणको ब्याज नै
तिर्न मुस्किल परेपछि आत्महत्या गर्ने गरेको राजदुत धनञ्जय झाले
बताउनृभयो । राजदूत झाकाअनुसार दुबईमा आत्महत्या गर्ने विदेशीहरु मध्ये
नेपाली तेस्रोमा पर्छन् । दुबईमा भारतीय, फिलीपीनी, पाकिस्तानी र
बंगलादेशी कामदार धेरै भए पनि र एउटै प्रकृतिको काम गरिरहेको भएपनि
नेपालीहरु नै आत्महत्या गर्न बढी उक्सिने गरेको उहाँ बताउनुहुन्छ ।
दुर्घटना अर्को ठुलो समस्या
सडक सवारी नियमको जानकारी कम भएको र जानकारी भए पनि नियम उलंघन गरेकै
कारण दुबईमा ३ बर्षमा ७५ जना नेपालीले अनाहकमा ज्यान गुमाएका छन् ।
दुबइमा सवारी साधन कम्तिमा १ सय देखि १ सय ४० किलो मिटर प्रतिप्रति घण्टा
गुढ्ने गर्छ । तर, साँगुरो सडकमा सवार हुनेगरेका तथा विद्युतीय
प्रणालीअनुरुप पैदल यात्रा गर्ने र सवारी साधन गुडाउन बानी नपरेका कारण
वर्षेनी ठूलो संख्यामा नेपालीहरुले ज्यान गुमाउनु परेको उपनियोग प्रमृख
दीपक अधिकारीको भनाइ छ ।
दुतावासका अनुसार सन् २०१० देखि २०१३ सम्म दुबईमा विभिन्न कारणले मृत्यु
हुने २ सय २० मध्ये ७५ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । २०१० मा
मृत्युभएका कुल ८८ नेपालीमध्ये ३१ जना सडक दुर्घटनामा परेका छन् भने सन्
२०११ मा मृत्युभएका ६३ मध्ये २४ जना र सन् २०१२ मा मृत्युभएका कुल ३६
मध्ये १६ नेपाली सवारी दुर्घटनामा परेका छन् । २०१३ को मार्च सम्ममा ४
जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । दुबईमा झण्डै २ लाख नेपाली
कामदार वैधरुपमा कार्यरत् छन् । यी कामदारसँग प्रत्यक्षरुपमा आश्रति
झण्डै १० लाख नेपाली छन् ।सन् २००४ देखि २०१३ को मार्च पहिलो सातासम्म
दुबईमा ५ सय ३६ जना नेपालीले ज्यान गुमाएका छन् । यी मध्ये ११ जना मात्र
महिला छन् । यो तथ्यांक दुबईमा नेपाली दुतावास स्थापना भएदेखिको हो । सन्
२०१३ को मार्चसम्म १३ जनाले ज्यान गुमाएका छन्, जसमध्य १ जनाले
आत्महत्या, ४ जना दुर्घटना र ८ जनाको प्राकृतिकमृत्यु भएको छ ।
शव सहजै नेपाल पुर्‍याइने
विभिन्न खाडी मुलुकहरु भन्दा दुबईबाट नेपाल शव सहजरुपमा पुर्‍याइरहेको
दतावासको दाबी छ । राजदुत झाका अनुसार परिवारले चाहेकै बखत शव नेपाल
पुर्याउन सकिने बताउँदै कम्पनीमा बहाल रहेका र काननी प्रक्रिया पूरा गरेर
आउनेको हकमा कुनै अप्ठ्यारो नपर्ने तर भगौडा एवं कम्पनीबाट छुट्टी लिएर
घुमिरहेका हरु दुर्घटनामा परे भने र नेपाल पठाउन गाह्रो हुने झाले
बताउनुभयो । तर पीडित परिवारले लास लान चाहेर पनि अरबी विशेष पर्वहरुमा
भने शव पठाउन ढीलो हुने गरेको झाको स्वीकारोक्ति छ ।दूतावास कर्मचारीले
शव चाँडै नेपाल पुग्ने दाबी गरे पनि सर्लाहीका एक नेपालीको शव परिवारले
पाउन डेढ वर्ष लागेको छ । सर्लाहीका ती व्यक्तिको शव ९ महिनापछि मात्रै
फेला परेको थियो ।अहिले दुबईमा २ जना नेपालीको शव उठेको छैन । बाराका
कुलबहादुर मगरको शब २महिनादेखि नेपालका रहेका परिवारले पाउन सकेका छैनन्
। धेरै नेपालीलाई शव नेपाल पठाउने कार्य दुतावासको नभएको कर्मचारीहरु
बताउँछन् । दुतावासलेसहकार्यमात्र गर्ने बताउदै प्रथम सचिव क्षेत्रीले
भन्नुभयो- 'बैदेशिक रोजगार प्रवर्द्धन बोर्डले यसमा पहल गर्नुपर्छ ।'

No comments:

Post a Comment