Friday, December 28, 2012

कोरिया जानेलाई एमआरपी अनिवार्य

१३ पुस, काठमाण्डौं । वैदेशिक रोजागरीका लागि आकर्षक मानिएको दक्षिण
कोरिया जानेले अव मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउनुपर्ने भएको छ ।
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण
गरेर बसेकाहरुलाई कोरियाली अधिकारीले एमआरपी बनाएर तयारी अवस्थामा बस्न
निर्देशन दिएका हुन् । भाषा परीक्षा उर्त्तीण गरेका १५ हजार दुईसयमध्ये
आधाजसो कोरिया पुगिसकेका छन् भने अन्य जानेक्रममा छन् । ती मध्ये
हस्तलिखित पार्सपोट भएकाहरुलाई कोरियाली अधिकारीले एमआरपी बनाएर आउन
सुझाएको खबर अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ।
सन् २०१५ नोभेम्बर २४ सम्म हस्तलिखित राहदानी उपयोग गर्न सकिन्छ । कोरिया
सरकारले एमआरपी बनाएर आउँदा राम्रो हुने निर्देशन दिएपछि भाषा परीक्षा
उर्त्तीण गरेकाहरु एमआरपी बनाउन हतारिएका हुन् ।
हाल कोरियाली भाषा परीक्षा उर्त्तीण गरेर बसेकाहरु दैनिक एकदेखि दुईसय
जना आफ्नो हस्तलेखित राहदानी रहेकै अवस्थामा पनि एमआरपी बनाउन राहदानी
विभाग र जिल्ला पुग्ने गरेको विभागका एक कर्मचारीले बताएका छन् । उनले
भने 'एमआरपी बनाउँदै जानु त राम्रो हो तर २०१५ को नोभेम्बरसम्म चल्ने
राहदानी रद्द गर्दै नयाँ राहदानी बनाउनु व्यवहारिक देखिदैन ।'

No comments:

Post a Comment