Saturday, May 5, 2012

हिउँ पहिरोले सेतीमा भीषण बाढी

, वैशाख २३ - अन्नपूर्ण हिमश्रृंखलाबाट आएको हिउँ पहिरोले सेती नदिमा भीषण बाढी आएको छ । बाढी बिहान १० बजेतिर बाट सुरु भएको बाढी अहिले सार्दीखोला हुदै पुरुन्चौरतर्फ आउँदै गरेको स्थानीयबासीले बताएका छन ।
बाढीले रुखहरु बगाउनुका साथै खेतहरुमा कटान थालेको छ । नदी आसपासका बासिन्दा भागाभाग गरेका पुरुन्चौर १ कि सम्झाना अधिकारीले जानकारी दिईन । सार्दीखोलका ललित ताम्राकारले मानिसहरु भागदौड भएको गरेको जानकारी दिए । ठुला ठुला आवाजका साथ आएको बाढीले पुल र नजिकैका घरहरु पनि वगाएको स्थानीयबासीले जानकारी दिएका छन् ।
पोखरा विमानस्थलका वरिष्ठ अधिकृत अनुप जोशीले माछापुच्छ्रेतर्फ उड्दै गरेका जहाजले हिउँपहिरोका कारण ठुलो बाढी सेती नदि हुदै पोखरातर्फ आउदै गरेका बताए । 'हिउ पहिरोले ठूलो बाढि पोखरातिर आउदै गरेका दृश्य बिमानस्थलबाट देखिएको जानकारी आएको छ' उनले भने 'चाँडै नै पोखरातिर आउदै गरेकेाले सवैलाई सचेत रहन संचारमाध्यमबाट सूचना प्रवाह गरिदिनुहुन आग्रह गदर्छौ ।' बाढीले कति क्षति पुगे सो बारेमा विवरण प्राप्त आईसकेको छैन ।
प्रकाशित मिति: २०६९ वैशाख २३ १०:२८

No comments:

Post a Comment