Friday, December 28, 2012

‘सूर्यदेश’ लैजाँदै, चेलीबेच्दै

१३ पुस,काठमाण्डौं । 'कहाँ जाने हो, बहिनीहरु ?
'सूर्यदेश ! '
'कहाँ छ यो सूर्यदेश ?'
'किन जान लाग्नुभो त ?'
'हामी कलाकार हौं, नाच्न जाने हो ।'
'ल, बहिनीहरु 'सूर्यदेश' होइन, अब माइक्रोबाट ओर्लनोस् ।'
एक साताअघि पुस ५ गते काठमाण्डौंबाट बाहिरिने मुख्य नाका नागढुंगामा
विदेश जाँदै गरेका रसुवाका पाँच महिला र चेकजाँचमा खटिएका प्रहरी तथा
माइती नेपालका कर्मचारीबीच भएको संवाद हो यो । मानव तस्करको प्रलोभनमा
परी उनीहरुले भारत हुँदै पृथ्वीमै नभएको राष्ट्र 'सूर्यदेश' जान हिँडेको
बताएपछि प्रहरी र माइती नेपालका कर्मचारीले माइक्रोबाट झारेका थिए ।
तस्करले बेच्न लागेको पुष्टि भएपछि उनीहरुलाई नागढुंगाबाट उद्दार गरी
सिधै गौशालास्थित माइती नेपालको कार्यलय पुर्‍याइएको थियो । उनीहरुले
आफुहरु नृत्यांगना भएको बताउँदै नाच्नका लागि सूर्यदेश जान लागेको बताएको
खबर नागरिक दैनिकले छापेको छ । रामे भन्ने व्यक्तिले सूर्यदेश पुर्‍याउने
कबुल उनीहरुसँग गरेको थियो । रामे दिल्लीमा बस्छन् । दिल्ली आइपुगेपछि
फोन गर्न रामेले भनेका थिए । उनीहरुलाई नागढुंगाबाट फिर्ता गरेपछि अहिले
रामेले फोनै उठाउन छाडेका छन् ।
सूर्यदेश हिँडेकालाई फिर्ता गरेको चार दिन वित्ननपाउँदै सोमबार
नागढुंगामा नै पूर्वी अफि्रकी राष्ट्र तान्जानिया जाँदै गरेका ७ महिलालाई
रोकिएको थियो । उनीहरुसँग सम्बन्धित देशको राहदानी भिसा लगायतका कुनै
सामानहरु पनि थिएनन् ।
तस्करहरुले 'भारतमा र भारत हुँदै जानेहरु अधिकांशलाई कलाकारका रुपमा
डान्सबारमा काम गर्न जान लागेको' भन्न सिकाउने गरेकोअनुसन्धानका क्रममा
थाहा हुन पाएको छ । काठमाण्डौंबाट छुट्ने र भारत प्रवेश गर्ने विभिन्न
नाकामा चेकजाँच गर्दा फिर्ता गरिएका महिलाले मलेसिया, थाइल्याण्ड,
सिंगापुर दक्षिण अफि्रका, तान्जानिया, दुवई र भारतकै गोवा, हैदरावाद,
मुम्बई, दिल्लीजस्ता सहरका डान्स बारमा काम गर्न जान लागेको बताउने गरेका
छन् ।'

No comments:

Post a Comment